दिउँसै ताल्चा फोरेर चोरी

व्यास २ स्थित बालमन्दिर टोलमा रहेको एक घरमा चोरी भएको छ । तुलसीप्रसाद सिग्देलको घरमा डेरा लिई बस्ने सरस्वती तिमिल्सेनाको कोठामा चोरी भएको हो । सत्यवति माध्यमिक विद्यालयकी शिक्षिका रहेकी तिमिल्सेना बिहान १० बजे पढाउन विदालय गएकी थिईन् ।
दिउँसो अन्दाजी २ देखि तीन बजेको बीचमा कोही नभएको बेला चोरले कोठाको ताला फोरेर चोरी गरेको पाईएको हो । भुईतल्लामा चार वटा कोठा रहेको छ । सटर कोठामा पसल रहेको छ ।

दुई वटा कोठा डेरामा लिए बस्दै आएकी तिमिल्सेनाको सुत्ने कोठाको ताला फोरेर चोरले नगद र सुन चोरी गरेको बताईएको छ । तिमिल्सेनाका अनुसार गाग्रीमा राखिएको नगद एक लाख १० हजार र झण्डै तीन तोला सुन चोरी भएको छ । बेलुका घर फर्किदा ताला फोरेको देखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । उनले भनिन्, ‘गाग्रीमा जम्मा गर्दै राखेको नगद र सुन चोरी भएको छ । बिहान १० बजे देखि साँझ ४ बजे सम्म विद्यालयमा हुन्छु ।’

उनले अघि भनिन्,‘खाटमा राखिएको ल्यापटप लगायत अन्य सामान चोरी भएको छैन, गहना र नगद मात्र चोरी भएको छ । ’ यता जिल्ला प्रहरी कार्यालय तनहँुले उक्त चोरी घटनाको अनुसन्धान थालेको छ । प्रहरी प्रवक्ता युवराज तिमिल्सेनाले भने,‘नजिककै मान्छेले चोरी गरिएको देखिन्छ । दिँउसोको समयमा कोही भएको बेलामा चाबी फोरिएको छ । हामीले अनुसन्धानलाई तीव्र पारिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button