सत्यवतीको ४७ औं वार्षिकोत्सव सम्पन्न

दमौली खबर संवाददाता
दमौली, पुस ९ ।
व्यास नगरपालिका–२ मा रहेको नमुना विद्यालय सत्यवती माविको ४७ औँ बार्षिकोत्सव एवं अभिभावक दिवस भव्यताको साथ शुक्रवार मनाइएको छ ।
 उक्त बार्षिकोत्सवको गण्डकी प्रदेशका नबनिर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले उद्घाटन गर्नुभयो  । बार्षिकोत्सवको उद्घाटन गर्दै  श्रेष्ठले सत्यवती मावि देशकै नमुना विद्यालयका रुपमा आफुलाई परिचित गर्न सक्नु खुशीको विषय भएको बताउनुभयो । उहाँले आगामी दिनमा विद्यालयलाई पर्ने आवश्यक सहयोग गर्न समेत  तत्पर रहेको  बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपाने,  शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख वसन्तराज पौडल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ,नेकपा एमाले तनहुँ उपाध्यक्ष हरिराज कडेल, नेकपा  माओवादी केन्द्रका कार्यलय सचिव बसन्त दरै, व्यास २ कावडाध्यक्ष काशीराम श्रेष्ठ, वडासदस्य सुरेश वाग्ले, व्यास नगरपालिका शिक्षा शाखा प्रमुख नविन पराजुली,  शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल, विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णकुमार श्रेष्ठ लगायतले भनाई राख्नु भएको थियो ।
 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक एकबहादर गुरुङले विद्यालयका बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बार्षिकोउत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक लगायत विद्यालयमा योगदान पु¥याउनेलाई सम्मान गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button