ऐना पहराको ऐना पार्क हेर्न लायक बनाऔं

पृथ्वीराजमार्गसँग जोडिएको तनहुँको आँबुखैरेनी गाउँपालिकाले वडा न २ र ४ को सिमाना पर्ने ऐना पहरामा ऐना पार्क बनाउने कार्य सुरु भएको छ । ऐनापहरामा पर्यटकको ध्यान तानिरहेको अवस्थमा नौलो खालको परिकल्पनमा गरेर पर्यटकलाई थप आर्कषित गर्न  पार्क निर्माण कार्य थालनी गरेर गाउँपालिकाले राम्रो काम गरेको छ ।   स्थानलाई सुन्दर पर्यटकीय केन्द्र बनाई हेर्न लायक ठाउँ बनाउन सकियो भने स्थानीयको आयआर्जन परिवर्तन ल्याउन मद्धत पुग्दछ । पहाड खोपेर आर्कषक गणेशको मुर्ती निमांर्ण गरिने बताईएको छ । पहाड खोपेर विभिन्न आकृति बनाएर पर्यटकलाई भूलाउने योजना  साकार पार्नुपर्दछ । पृथ्वी राजमार्ग भएर दैनिक सयौं सवारीसाधान गुड्ने हुँदा पर्यटकलाई आकर्षित गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचुर सम्भावना देखिएको पालिकाको गौरव आयोजनामा समावेश समेत गर्नु उपयुक्त कदम हो ।
 पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चालु आर्थिक वर्ष रु एक करोड ४० लाख विनियोजन गरी पार्क निर्माण कार्य सुरु समेत भएको अवस्थामा यसलाई मूर्तरुप दिन सबै मिलेर लाग्नु पर्दछ ।  गाउँपालिका  पार्क बनाउन उक्त स्थानमा साहसिक खेल, सिसाको पुल, जीपलाइन, स्वीपिङ, ढुङ्गामा आर्कषण निर्माणलगायत संरचना निर्माण गरिने खबरले स्थानीय पर्यटन व्यवसायीलाई खुसीको सन्देश प्रवाह भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button