कांग्रेसले सरकार बनाउन नसक्नु लाजमर्दो कुरा होः सहमहामन्त्री जोशी

दमौली खबर संवाददाता

दमौली, पुस १६ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेसले सरकार बनाउन नसक्नु लाजमर्दो कुरा नबताउनु भएको छ । सो कुरा नेता जोशीले बिपी बिचार समाज तनहुँले ५७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शनिबार व्यास नगरपालिका–१ तालघरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभएको हो । ‘सबैभन्दा ठुलो पार्टी भएर पनि कसैले नपत्याएर बस्नु पर्ने यो भन्दा लाजमर्दो के हुन्छ के नाक देखाएर जनताकोमा जाने? नेता जोशीले भन्नुभयो । कांग्रेस उठ्नै नसक्ने अवस्थामा ढलेको र त्यो कलंक हामी सबैले व्यहोर्नु परेको नेता जोशीको भनाई छ । त्यसको सम्पूर्ण कारक तत्व तनहुँ जिल्ला बनेको आरोप जोशीको थियो । ‘प्रजातान्त्रिक आन्दोलमा तनहुँ जिल्लाको धेरै ठुलो भूमिका निर्वाह गरेका थियौं नेता जोशीले भन्नुभयो, नेपाली कांग्रेस कमजोर हुँदा प्रजातन्त्र कमजोर बनेको छ । तनहुँ जिल्लाको प्रतिनिधीको पद लुलुप्ताले गर्दा कांग्रेस ढलेको आरोप जोशीको थियो ।

‘अनुहार स्पष्ट देखिदैन भने त्यो हैन ऐन नहेर्नु, जहाँ आफ्नो विचार र नीति र मिल्दैन त्यहाँ सहकार्य नगर्नु’ भन्ने विपी कोइरालाको भनाई स्मरण गर्दै नेता जोशीले चुनावको लागि अपित्र गठबन्धन गरिएकोले कांग्रेस पछि परेको बताउनुभयो । पहिलो पाटी भएर पनि प्रतिपक्षमा बस्नुपर्ने बाध्यता आईलाग्दा कांग्रेस संगठन धेरै कमजोर बनेको बताउनुभयो । कांग्रेस सरकार बिहीन भएर बस्नुमा यसको नेतृत्व लिने पार्टी सभापति, वरिष्ठ नेता, पदाधिकारीहरु, केन्द्रीय नेताहरु सबैको दोषी रहेको नेता जोशीले बताउनुभयो । आफ्नासँग मिल्नु भन्दा पनि पराईसँग मिल्न खोज्दा कांग्रेसका अहिलेको अवस्थामा आएको नेता जोशीको भनाई थियो । प्रधानमन्त्री बन्छु भनेर भोट माग्ने तर सरकार आफ्नो हातमा लिन नसकेर तनहुँ बदनाम भएको आरोप नेता जोशीको थियो । ‘हिजो राष्ट्रिय राजनीतिमा तनहुँले चाहेको हुन्थ्यो अहिले सरकार बनाउन नसक्ने अवस्थामा पुगेको छ’ नेता जोशीले भन्नुभयो । तनहुँको दुवै क्षेत्रबाट नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारलाई विजयी गराउँदा पनि कुनै उत्साह किन देखिएन भन्ने प्रश्न गर्दै नेता जोशीले आज तनहुँ जिल्लाकै मतदानको कारणले गर्दा कांग्रेस समाप्त भएको बताउनुभयो । तनहुँको नेतालाई हैसियत नभएकोले गठबन्धन टुटको उहाँले बताउनुभयो । ‘म नलडेको भए सात हजार भोट मन लगाइ नलगाई हाल्नु पर्दथ्यो, कलंकबाट हामीहरु बचेका छौं तनहुँका नेताले गद्धारी गरे त्यसको जवाफदेयी हामी छैनौं भन्न त पाईयो नि’ जोशीले भन्नुभयो ।

 

कार्यक्रम विपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डितको अध्यक्षतामा भएको थियो । कार्यक्रममा काँग्रेसका नेता महेश्वर भट्टराईले पार्टी भित्र इमान्दारीपूर्वक काम गरेका पार्टीका साथीहरुलाई विस्तारै विस्तारै पर पर पर धकेल्दे धकेल्दे अवसर बढी नदिएर व्यक्तिवादी प्रवृत्तिलाई मौका दिने गरिएकोले कांग्रेस कमजोर बनेको बताउनुभयो । बिचारमा नटेक्ने र आफ्नै बल संगठनमा उभिन नसकेर माओवादीसँग मिलेर चुनाव जाने गरेकोले कमजोर बनेको उहाँको तर्क थियो । विपी विचार समाजका केन्द्रीय सदस्य सुकुमलाल गुरुङ, गण्डकी प्रदेशका सचिव परशुराम गिरी, समाजका जिल्ला सचिव कमलभक्त पोख्रेल लगायतले सक्षम व्यक्तिलाई पाखा लगाउने, योगदान दिएकाको सम्मान गर्नु पर्नेमा अपमान गरि टिकट नदिने जस्ता कारणले गर्दा तनहुँमा कांग्रेस कमजोर बन्नु पुगेको हुँदा सच्चिन जरुरी रहेको कुरामा जोड दिनु भयो । निर्वाचनको गंभिर समिक्षा तथा विश्लेषण गरिएको थियो । कांग्रेसलाई एकतामा बाध्न सधै तयार रहेको आफ्नै साथीसँग मिलेर अगाडी बढ्नु पर्नेमा एक ढिक्का भएर जाने कुरामा सहमत नहुने फरक आस्था र विचारसँग गठबन्धनमा ध्यान दिने गरेको आरोप वत्ताहरुको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button