मनकारी वडाध्यक्ष श्रेष्ठ ः जो निजी सवारी प्रयोग गरेर विरामीको उद्धारमा खटिन्छन्

दमौली खबर संवाददाता
दमौली, पुस १२  । जनप्रतिनिधीहरु सुविधा भोगी भए भनेर कतिपयले आरोप खेपीरहेको बेला तनहुँको एक जना जनप्रतिनिधी भने आफ्नो निजी सवारी साधनको प्रयोग गरेर विरामीको उद्धार गर्ने गर्नु भएको छ । यस्तो कार्य गर्नेमा ऋषिङ गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष भरतकृष्ण श्रेष्ठ हुनुहुन्छ । उहाँले आफ्नो वडाको बासिन्दाको मात्रै नभई छिमेकी वडाका बासिन्दाको समेत विरामीलाई अस्तालमा लाने र ल्याउने गर्नुहुन्छ ।
यस क्रममा वडाध्यक्ष श्रेष्ठले सोमबार साँझ लडेर घाईते हुनु भएका ७ घिरिङ थोक छत्र बहादुर आलेको छोरा बर्ष ७ विमल आलेको उद्धार गर्नु भएको छ । शिव सरस्वती मा बि  कक्षा १ मा पढदै बालक बिमलको माछा मार्न जाने क्रममा लडेर नाकको बीचको भाग काटिएपछि उद्धार गर्नु भएको हो । पोखरा स्थित जिएमसी कलेजमा उपचारको लागि वडाध्यक्ष श्रेष्ठले आफ्नो निजी सवारी प्रयोग गर्नु भएको थियो ।
जनताको सेवा गर्न चौबिसै घण्टा म तयार रहेको आफ्नो बुवा शहीद सरस्वती कृष्णको सपना पुरा गर्न  म ऋषिङ जन्म गाउँमा बसी सेवा गर्न पाउँदा खुसी लागेको वडाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।  लडेर नाकको बिच भागमा कातिएको र ऋसिङमा उपचार गर्दा रगत नरोकिए पछि निकै गाह्रो अवस्था देखिए पछी  त्यंहांका स्थानिय युवा निल बहादुर राना हरुले फोन गरी बोलाए पछि उद्धार गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘म सुतिसकेको थिए फोन बजेपछी तुरुन्त पोखरा जि एम सी मा लगि   १२ बजे राति देखी उपचार भईरहेको छ’ श्रेष्ठले भन्नुभयो । आफ्नो बुबाको स्मृतिमा स्थापना गरिएको विद्यालयमा अध्ययन गर्ने बालक घाईते भएको खबर सुनेर राती भएपनि नसुतिकन उद्धार गरेको उहाँले बताउनुभयो । वडाध्यक्ष श्रेष्ठ काठमाडौं छोडेर गाउँकै सेवा गर्न भनेर गाउँमा आउनु भएको थियो ।
बुबा नेपाली कांग्रेसमा आबद्ध भई राजनीति गर्नु भएको र कांग्रेस भएकै कारण हत्या गरेपछि बुबाको समाजसेवा गर्ने अधुरो सपना पुरा गर्न वडाध्यक्ष श्रेष्ठ लाग्नु भएको थियो । नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र पुतली चिन्ह लिएर चुनाव लडेपनि अत्यधिक मत ल्याएर विजयी हुनु भएको थियो । बाल्यकालदेखि नै वडाध्यक्ष श्रेष्ठको समाजसेवा प्रतिको लगाव देखेर स्थानीय जनताले वडाध्यक्षलाई विजयी गराएका थिए । वडाध्यक्ष श्रेष्ठले सर्पले टोकेर, रुखबाट लडेर घाईते भएका, विरामी भएका जेष्ठ नागरिक उद्धार गर्दै आउनु भएको छ । हाल सम्म आठ जनाको उद्धार गरि सक्नु भएको छ । यसका साथै वडाध्यक्ष श्रेष्ठले आफ्नो निजी सवारीमा नागरिकता बनाउन लगायतको लागि बेला बेलामा सदरमुकाम दमौलीमा सेवाग्राही आफैले ल्याउने गर्नु भएको छ । वडाध्यक्ष श्रेष्ठको कार्य प्रति स्थानीय जनता खुसी भएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button