मानहुँलाई पर्यटक क्षेत्र बनाउन १७ वर्ष अगाडि देखि अभियान चलाइरहको होः युवा नेता थापा

दमौली
पछिल्लो समय समाजिक संजाल फेस्बुक, युट्युब टिकटक लगाएतमा भाइरल भइरहेको तनहुँको मानहुँ डाडा पर्यटक क्षेत्रको रुपमा बिस्तार गर्न १७ बर्ष देखी अभियान चलिरहेको नेपाली कांग्रेसका युवा नेता चाम थापाले दमौली खबरलाई बताएका छन् । अहिले एकाएक भाइरल भएपनि हामी यस क्षेत्रको बिकासको लागि १७ १८ बर्ष देखी निरन्तर लागि परेका थियौं अहिले आएर बल्ल पर्यटक क्षेत्रका रुपमा देख्न पाउदा आफुहरुलाई निकै खुसी लागेको थापाले बताएका छन् ।

मानहुँमा नै जन्मिएका थापाले शुरूका दिनमा मानहुँ बनाउनका निम्ति प्रचारप्रसार देखि विकासमा पूर्वाधार बनाउनका निम्ति सम्बन्धित निकायलाई निकै घचघचाउन लागि परेको स्थानियको भनाई रहेको छ । विशेष गरी आन्तरिक पर्यटकको रोजाइको केन्द्रको रुपमा विकास हुँदै गएको मानहुँकोट तनहुँको पर्यटकीय सम्भावना बोकेको पर्यटकीय स्थलमा रूपमा स्थापना गर्नुपर्नेमा थापाको जोड रहदै आएको थियो ।
केही समय अघि सम्म कसैले नचिनेको मानहुँ डाडा अहिले सामाजि संजाल मार्फत एकाएक भाइरल भएको र दैनिक हजारौ पर्यटक आउने गरेका छन् । केही समय अघि सम्म मानहुँमा बिकासमा पूर्वधार पनि नभएको त्याहाँको स्थानियले निकै सस्ती भोग्नु परेको नेता थापाले दमौली खबरलाई बताएका छन् । त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरू स्वास्थ,खानेपानी,विद्युतबाट बञ्चित जस्तै थिए । तर थापाकै अग्रतामा मानुहुँ डाडामा स्वास्थ,खानेपानी,विद्युत र सडकको निमार्ण भएको पनि स्थानियहरुको भनाईरहेको छ ।

शुरुवातका केही दिनहरुमा बिकासको पक्षमा बोल्दा आफुलाई आफ्नै पार्टीका नेताहरुले केही असहज परिस्थिती सिृर्जना गराएका पनि उनले सम्झिए । दमौली खबर संगैको अन्तर्वातामा उनले मानहुँलाई पर्यटकको हब बनाउन आफ्नो तर्फबाट सकेको पहल गर्ने बताएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button