कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द

भिमाद नगरपालिकाका कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि नगरपालिका बन्द गरिएको छ । कोरोनाको जोखिम र कन्ट्याकट्रेसिङ गरी सङ्क्रमितको पहिचान गर्ने भन्दै कार्तीक २६ गते राती १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमराज आचार्यद्धारा जारी विज्ञप्तीमा नगर प्रमुखस्तरीय निर्णय बमोजिम सङ्क्रमितहरु कन्ट्याकमा परेका सबै सरकारी तथा गैरसरकारी संस्था र पसलहरुसमेत बन्द गरिने उल्लेख छ ।विज्ञप्तीमा भिडभाड हुने खेलुकद तथा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन नगर्न आग्रह गरिएको छ । साथै स्वास्थ्य मापदण्ड अवलम्वन गरी कोरोना सङ्क्रमको जोखिमबाट बच्न समेत अपिल गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button