केन्द्रिय सदस्यमा फेरी विजय भए देवकुमार

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा तनहँुबाट देवकुमार श्रेष्ठ निर्वाचित भएका छन् । । राजधानीमा सम्पन्न ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा उम्मेदवारी दिएका श्रेष्ठले सदस्यामा निर्वाचित भएका हुन् । नगर तथा जिल्ला उद्योग वाणिज्य। संघतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका श्रेष्ठले ६५ मत प्राप्त गरेका हुन् । उनी लगातार दोस्रो पटक सम्म विजयी भएका हुन् ।उनी वरिष्ठ उपाध्यक्ष उम्मेद्वार किशोर प्रधान समूहबाट केन्द्रीय सदस्य पदमा चुनाव लडेका थिए उनका पक्षमा जीत दर्ता गराउन तनहुँ उद्योग वाणिज्य संघको टीम नै अध्यक्ष मानकाजी श्रेष्ठको नेतृत्वमा खटिएको थियो ।

आफ्ना पूर्व अध्यक्ष जिताउन प्रथम उपाध्यक्ष वैकुण्ठ नाथ मिश्र, महासचिव इमकुमार मल्ल, दमौली बजार एकाई सभापति राजकुमार श्रेष्ठ राकु, जिल्ला सदस्य दिनेशकुमार श्रेष्ठ लगायत अहोरात्र खटेका थिए । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानाकाजी श्रेष्ठले आफूलाई धेरै खुशी लागेको भन्दै भावुक भएर अबिर र माला पहिर्याई दिए । तनहँुका व्यवसायीहरुले श्रेष्ठ जीत तनहँुको गौरव रहेको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button