उकालो लाग्दै कोरोना

दमौली खबर संवाददाता
तनहँुमा एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार व्यास नगरपालिकाका ३ का १ पुरुष तथा १ महिला , भिमाद १ का १ पुरुष तथा वडा नं ८ का १ महिला र ३ पुरुष छन् । संक्रमितमा व्यास २ का दुई, र ३ का एक पुरुष तथा ४ की महिलासँगै शुक्लागण्डकी ६ की एक महिला पनि छन् । शुक्लागण्डकी नगरपालिकाका ६६ जनाको पीसीआर परिक्षण गरिएकोमध्य २२ जनाको कोरोना पोजिट नतिजा आएको छ ।

यसमध्ये ५ जना कर्मचारी र अन्य १७ जना रहेको शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । ६६ मध्य ३१ जना कर्मचारी, ८ जना नेपाली सेना र अन्य २७ जनाको पीसीआर परिक्षण गरिएको हो । उनीहरुको आइतवार स्वाब संकलन गरि पोखरा पठाइएको थियो । यस आधारमा तनहुँमा हालसम्म एक सय ५ सक्रिय संक्रमित पुगेका छन् । यसले संक्रमणको दर जिल्लामा निरन्तर बढेको देखिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button