एमाले गण्डकी प्रदेशको संगठनात्मक कार्यशाला बन्दिपुरमा

मौली खबर संवाददाता
तनहुँ, ३० साउन । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तनहुँको बन्दीपुरमा २ दिने संगठनात्मक कार्यशाला प्रशिक्षण प्रदान गरेको छ । सो प्रशिक्षणको सोमबार समापन गरिएको छ । एमाले उपमहासचिव एवम् गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक कार्यक्रमका बीच समापन गर्नु भएको हो । पार्टीको आन्तरिक एकतालाई मजबुद पार्दै नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा एमालेलाई पुनः बहुमतसहित पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यशालामा एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य खगराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्दै पार्टी एक हुनुपर्नेमा जोड दिनुभयो । कार्यपत्रमाथि ११ जिल्ला र मोर्चा संगठनले समुहगत छलफल गर्दै सुझाव दिएका थिए ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्यहरु कर्ण थापा, भानुभक्त ढकाल, गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन प्रसाद रेग्मी, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्य लगायतले पाटीलाई बलियो बनाउन यस्ता कार्यक्रमले टेवा दिने हुँदा व्यापकता दिनु आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो  । आइतवार शुरु कार्यशालामा प्रदेशका ११ वटै जिल्लाका अध्यक्ष, सचिव, संगठन विभाग प्रमुख, प्रदेशमा रहेका केन्द्रिय सदस्य, प्रदेश कमिटीका पदाधिकारी, २२ वटै जनवर्गिय संगठनका प्रदेश अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button