मानहुँकोट व्यबस्थापनमा ध्यान दिन स्थानीय तहलाई युवा नेता थापाको आग्रह

दमौली खबर संवाददाता

दमौली । नेपाली कांग्रेस लतनहुँका युवा नेता तथा मानहुँकोट प्रबद्र्धनमा अभियान चलाइरहेका चाम बहादुर थापाले मानहुँकोट व्यबस्थापनमा ध्यान दिन स्थानीय तहलाई आग्रह गरेका छन् । आन्तरिक पर्यटकको गन्तब्य बन्दै गएको तनहुँको मानहुँकोट सामाजिक संजालमा एकाएक भाइरल बने पछि नेपालकै बिभिन्न जिल्लाबाट मानहुँकोटबाट सुर्यदय हेर्न आउने आन्तरिक पर्यटकको घुइचो लाग्न थालेको छ । पर्यटकको गन्तब्य बन्दै गएपछि त्यस ठाँउमा विभिन्न बिकृती फैलिन सक्ने भन्दै मानहुँकोटको व्याबस्थापनको पक्षमा चाडै भन्दा चाडै स्थानिय तहले गम्भिरता पुर्वक ध्यानदिनु पर्ने बताएका छन् । दमौली खबर संगै एक अन्तरबार्ता दिदै उनले भने ‘पर्यटकको व्यबस्थानपन राम्रो संग गरिएको छ्रैन, फोहोर मैला छरपष्ट छ ।

सार्वजनिक शौचालय नभएकोलेपर्यटकलाई सास्ती भइरहेको छ । छिटै नै यो समस्याहरु समाधान गर्नु पर्छ ।’ उनले भने ‘पर्यटकहरु आफैले पनि फोहोर गरिदिनु भएन, मान्छे हिड्ने बाटोमा टेन्ट हालेर सुत्नु भएको छ, मठमन्दिरमा मदिराका बोतलहरु फ्याकिएको छ ।’ यस्तो गर्दा मानहुँको अस्तित्व हराउन सक्ने उनले जिकिर गरे । सके सफा गरौं नसके फोहोर पनि नगर्न उनले पर्यटकलाई आग्रह गरेका छन् । दमौली खबर संग बोल्दै उनले भने ‘हामीले समुदाय स्तरबाटनै सर्वाजनिक शौचालय बनाउने तयारीमा छौं । हप्ता दिन भित्रमा नै हामीले शैचालय बनाई सक्छौं ।’ मानहुँमा सवारी दुर्घटना भएकोमा समेत दुख व्यक्त गरेका छन् । सडकको स्तरअन्नतीको लागि पनि सम्बन्धित निकायमा पहल गरि सकेको बताए । युवा नेता चाम थापा लामो समय देखि मानहुँकोटको बिकासमा लागि परिरहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button