कतारमा रहेका नेपालीले आदिवासी जनाति दिवस धुमधामसँग मनाए

शंकरराज नहर्की
दमौली, २८ साउन ।
कतारमा रहेका नेपालीले आदिवासी जनाति दिवस धुमधामसँग मनाएका छन्
नेपाल आदिवासी जनजाति महासंघ कतारको आयोजनामा ‘२८ औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइएको हो  । दिवसका अवसरमा शुभकामना आदान(प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम २०२२’ महासङ्घमा आबद्ध मातृ संस्थाहरूको मौलिक झाँकी तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको साथमा मनाइएको थियो ।
                महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको सभापतित्व तथा  नेपाली राजदूतावास कतारका राजदूत नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नियोगका दित्तिय सचिव प्रवीण भट्टराई लगायत महासंघ भित्र रहेका मातृ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको विशिष्ट आतिथ्यता रहेको थियो ।
              कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले २८ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै विश्वमा आदिवासी जनजातिको हरुको आफ्नै भाषा,धर्म सस्कृती, रीतिरिवाज परम्पराहरू अग्र स्थानमा रहेको बताउनुभयो । देशको प्रतिनिधित्व गरेर आएको हुँ’ आफूले विधि पद्धतिमा रहेर दूतावासले प्रदान गर्न सक्ने सबै सुविधाहरू श्रमिकका हितमा प्रदान गर्न तयार रहेको बताउनुभयो ।कतारमा हुने विश्वकप कतारको मात्र नभएर एसियाको सफलता भएको बताउँदै ढकालले नेपाली समाजबाट अप्रिय गतिविधि नहोस् भन्ने नेपाल सरकार तथा दूतावासको अपेक्षा रहेको हुदा‘ नकारात्मक गतिविधि नगर्न अनुरोध गर्नुभयो । आफ्नो ४ वर्षको कतार बसाई रहने बताउँदै उनले आफ्नो कार्यकालमा नेपालको सिरलाई सधैँ उचो राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
                   कार्यक्रममा मातृ संस्थाहरूबाट संयुक्त (आ–आफ्नै मौलिक भेषभुषामा) विभिन्न झा‘कीहरु प्रस्तुत गरिएको थियो । पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागी आदिवासी जनजाति आन्दोलन, जाती, भाषा, धर्म र संस्कृति संरक्षणको लागी देशव्यापी राष्ट्रिय जागरण भन्ने मूल नाराका साथ दिवस  मनाइएको महासचिव एकराज राईले जानकारी दिनुभयो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भाइकाजी गुरुङ, प्रथम उपाध्यक्ष डिएन मगरले यस्ता कार्यक्रम भातृत्व कामय राख्नमा टेवा पुग्नेमा विश्वास व्यक्त गर्नु भएको थियो ।
                     व्यानर उद्घाटन, दीप प्रज्वलन सहित औपचारिक रूपमा सुचारु गरिएको कार्यक्रममा मातृ संस्थाहरूका कलाकारहरूले मौलिक भेषभुसामा सजिँदै हामी आदिवासी, हामी जनजाति बोलको गीतमा स्वागत नृत्य राखेका थिए । कतारमा स्थापित वैचारिक,  सामुदायिक, सामाजिक, सांगितिक लगायत विभिन्न सघ संस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता सहित शुभकामना समेत व्यक्त गरेका थिए । कार्यक्रमको समापन गर्दै सभापति सुनुवारले मातृ संस्था, दूतावास परिवार लगायत सबै प्रति कृतज्ञता प्रकट गर्नुभएको प्रवासी भुजेल समाज दोहाकतारका विशेष सल्दाहाकार विकास भुजेलले बताउनुभयो

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button