वीपी विचार समाजले मनायो राष्ट्रिय मेलमिलाप दिवस

४५ औं राष्ट्रिय मेलमिलाप दिवस विपि विचार समाज तनहँुले एक कार्यक्रम आयोजना गरि मनाएको छ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रजातान्त्रिक आन्दोलनका धरोहर वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वा्सिसत जीवन बिताएर यसै दिन स्वदेश फर्किएका थिए ।जननायक बीपी कोइरालाले भारतबाट राष्ट्रियमेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको भएको यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।यसै सन्दर्भमा नेपाली कांग्रेसको भ्रातृ संगठन रहेको विपि विचार समाजले आफनै कार्यालयमा विपिको फोटोमा माल्यार्पण गरि एक विचार गोष्ठी सहित मनाएको हो ।

। कार्याक्रमलाई सम्बोधन गर्दै परशुराम गिरी वर्तमान सरकारसंग कुनै किसिमको आश राख्नुपर्ने जरुरी नरहेको बताएका छन् ।उनले सरकार अधिनायकवाद तर्फ लागि सबैलाई माथि बन्देज गर्ने र कर्मचारीहरुलाई पनि आंतकित गर्ने काम गरिरहेको आरोप लगाए । सरकारकै कारण सबै आन्दोलनमा उत्रिएको उनले बताए । ने.का. महाधिवेशन प्रतिनिधि एवम् नेपाल महिला संघ केन्द्रीय सदस्य चिनु पोख्रेलले विपी कोइरालाको विचारबाट सबैलाई प्रेरणा मिलेको बताईन् । उनले भनिन्, ‘विपीको वाणीलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्ने देखिन्छ । ’

विपि विचार समाज तनहँुका सचिव एवंम् काँगे्रस नेता हरिशरण पण्डितको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा काँगे्रस नेता शुकुमलाल गुरुङ,पूर्व ने.का जिल्ला सदस्य परमेश्वर भटराई,कृष्णहरि वाग्ले, इन्कन खनालले नीहित स्वार्थको लागि नभइ विपीको जस्तो मेलमिलाप आवश्यक रहेको बताए । उक्त भेलाले नेपाली काँग्रेसका नेता एवं विपि विचार राष्ट्रिय समाजका सह–सभापति गोविन्दराज जोशीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसै गरि सामाजिक एवम् बौद्धिक व्यक्तित्व व्यास ३ निवासी हरिभक्त भट्टराईको विहिबार भएको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button