लोकतन्त्रको रक्षा गर्न गठबन्धन आवश्यक छः मन्त्री चौधरी

दमौली खबर संवाददाता
दमौली, असोज ४ गते ः शहरी विकास मन्त्री मेटमणी चौधरीले लोकतन्त्रको रक्षाको लागि सत्तारुढ दलबीच आगामी निर्वाचनमा गठबन्धन जरुरी रहेको बताउनु भएको छ ।
व्यास नगरपालिका–५ स्थित मानुङ पर्यटकीय मार्गको उद्घाटन उद्घाटन गर्दै उहाँले  गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पार्नुभयो । बाटोको अधुरो काम पूरा गर्न सहरी विकास मन्त्रालयले बजेट विनियोजन गर्ने जानकारी उनले दिए । विकासका काममा सहमति, सहकार्य र एकता गरी अगाडि बढ्न उनले सबैमा आग्रह समेत गरे । सहरी विकास मन्त्रालयले मानुङ जाने मार्ग पुरा गरेरै छाड्ने प्रतिबद्धता समेत मन्त्री चौधरीले गर्नुभयो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानुङ जाने मार्ग निर्माण भएपछि मानुङकोटको पर्यटन प्रबद्र्धनमा सहयोग मिलेको बताउनुभयो । सडकले नै मानुङकोटलाई देश विदेशमा चिनाउने काम गरेको उहाँको भनाई थियो । अधुरो काम पुरा गर्न उपभोक्ता समिति यसरी नै लागिरहनुपर्नेमा न्यौपानेले जोड दिए ।। संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीको ९ करोड ८ लाख ९ हजार ९ सय ३३ रुपैयाँको लागतमा मानुङकोट जाने ४ किलोमिटर १७ मिटर बाटोमा कालोपत्रे भएको बताइएको छ । अझै २ किलोमिटर बाटो कालोपत्रे गर्न बाँकी रहेको र बिच बिचमा केही व्यक्तिहरुले विवाद गरेका कारण कालोपत्रे हुन नसकेको जानकारी सोही अवसरमा दिइयो । चापाघाटदेखि मानुङसम्मको ७ किलोमिटर बाटो कालोपत्रे हुन सके पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि हुने वडा नं. ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल) ले बताउनुभयो । केही भागमा अझै कालोपत्रे गर्न बाँकी रहेकाले मानुङकोट जान पर्यटकहरुले सास्ती खेप्नु परेको  उहाँको भनाई छ । समयमै उक्त बाटो पुरा गर्न आवश्यक बजेट उपलब्ध गराइ दिन उनले मन्त्री समक्ष आग्रह गर्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button