अभिभावकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता

दमौली, भाद्र १

व्यास नगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यामिक विद्यालयकामा अध्यरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीका अभिभावकसँग बिहीबार अन्तरक्रिया गरिएको छ ।

विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले अभिभावक र शिक्षकबीच अन्तरक्रिया गरिएको सहायक प्रधानाध्यापक प्रतापसिंह अधिकारीले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको सो अन्तरक्रियामा अभिभावहरुले विद्यालयमा खाजाको व्यवस्था, टार बगलेटोल विकास सस्थाको पहलमा वडाले एक लाख रुपियाँको केटाकेटीको लागि खेलकुदका सामानको व्यवस्था गरेसँगै विद्यालयमा बालबालिकाहरु खेल्दै, पढ्दै, सिक्दै गर्न पाएकोमा बालबालिकाहरु विद्यालय जान रमाएको कुरा अभिभावको धारणा थियो । कार्यक्रममा प्राथमिक तहका इन्चार्ज छविदीप आले, शिक्षकहरु रमेश विकल, विजय गुरुङ, सिता पन्त कैनी, शान्ता गौली, सोमा थापा लगायतले शैक्षिक गुणस्तर वृद्धिहुँदै गएको र थप वृद्धिको लागि सबैले एक आफ्समा हातेमालो गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

Show More

Related Articles

Check Also
Close
Back to top button