विद्यालय अनुगमनलाई ध्यान दिऔं

दमौली खबर संवाददाता

सामुदायिक विद्यालयको गुणस्तर वृद्धिको लागि स्थानीय सरकारको ठुलो भूमिका छ । जनप्रतिनिधीलाई प्राय सबै विद्यालयको अवस्थाको बारेमा जानकारी हुने भएकोले अनुगमन गरी सुधारको लागि कदम चाल्नु पर्दछ । पटक पटक अनुगमन भयो भने विद्यालयको ध्यानार्काषण हुन्छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानलेले व्यास नगरपालिका ११ स्थित वसन्त आधारभूत विद्यालयको मंगलबार अनुगमन गर्नु भएको छ । कार्यतालिका बनाएर सबै विद्यालयको अनुगमन गर्ने हो विद्यालयको समस्या पहिचान गरी सुधारको उपाय अबलम्बन गर्न सकिन्छ । सरकारले जे जति रुपमा सरकारी अर्थात सामुदायिक विद्यालयमा लगानी गरेको छ त्यसको तुलनामा प्रतिफल प्राप्त गर्न सकेको छैन । नतिजामा सरकारी भन्दा निजी विद्यालय अब्बल छन् । अतः नजिकको सरकार स्थानीय पालिका भएकोले गुणस्तर सुधारको लागि ध्यान दिन छलफल, अनुगमन लगायतका ध्यान दिन आवश्यक छ ।

 

Show More

Related Articles

Back to top button