जोशी समुहलाई फकाउँदै रास्वपा

दमौली खबर संवाददाता

दमौली, ७ वैशाख

आफ्नो पक्षमा जीत बनाउन रास्वपाले

पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई फकाईरहेको छ ।

कांग्रेससँगको वार्ताले सार्थकता नभएपछि जोशीलाई गृह जिल्ला रास्वपाका नेताले फकाएका हुन् । जोशीले वार्ताले सार्थकता नपाएपछि आफ्ना कार्यकर्तालाई विवेक प्रयोग गर्न भन्नु भएको छ । तनहुँ–१ मा हुन गईरहेको उपनिर्वाचनमा मतदान गर्ने शिलाशिलामा नेता जोशी आएको बेला जोशी सहित उहाँ निकट जिल्लाका नेता तथा कार्यकर्तालाई रास्वका नेताहरुले फकाई रहेका छन् ।

उपनिर्वाचनमा राजनीतिज्ञ जोशीको मतदानमा कता झुकाव हो भन्ने कुरालाई जिल्लामा चासोका साथ हेरिएको छ । तनहुँमा राजनीतिक नेता जोशीको झुकावले निर्णायक मोड लिनेमा तनहुँका जनता विश्वास राख्ने भएकाले रास्वपाले फकाएको हो ।

यसैबीच नेता जोशीसँग नेपाली कांग्रेस अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानाको नामबाट प्रकाशित विज्ञप्तीका बारेमा तपाईको के धारणा छ भन्ने जिज्ञासाम नेता जोशीले यस विषयमा मलाई केही जानकारी पनि छैन र मसँग कुनै प्रकारको सोधनी पनि नभएको बताउनुभयो । आफूलाई थाहा नभएको र कुनै परामर्श पनि नगरी अवैद्यानिक तरिकाले विद्यान विपरित नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति यति तल झर्छ भन्ने कुरा आफूले कहिल्यै अनुमान सम्म पनि नगरेको बताउनुभयो । अनुशासन समितिका सभापतिलाई समितिले गरेको निर्णय उल्टाउने कुनै तजविजी व्यवस्था नेपाली कांग्रेसको विधानमा समेत उल्लेख नभएको बताउनुभयो । यो बिलकुल झुटो तथा अल्माउने कुरा हो नेता जोशीले भन्नुभयो, यसबाट भ्रममा नपर्न सबै तनहुँबासीलाई विनम्र अनुरोध गर्दछु । यसैबीच डा. शेषरमण न्यौपाने कांग्रेस परित्याग गरी रास्वमा प्रवेश गर्नु भएको छ । न्यौपानेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गरेको छ भने रास्वपाले स्वागत गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button