महिलालाई फिनेल बनाउने तालिम

दमौली खबर सम्बाददाता,
साउन २३,दमौली ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा शुक्लागण्डकी नगरपालिकाका महिलालाई फिनेल बनाउने तालिम प्रदान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री एवं गन्डकी प्रदेश सभा सदस्य माननीय आशा कोइराला खनालले स्थानीय स्तरमा उत्पादित घरेलु समानहरुलाइ बजारीकरण गर्न आवश्यक रहेकोले त्यसको लागि कोसेली घर बनाउने देखि महिला उद्यमीहरुलाइ स्वालम्बी आत्मनिर्भर गराउनको लागि सिपमुलक तालिम संचालन गर्न आफ्नो तर्फबाट महत्त्वपूर्ण भुमिका रहने जानकारी गराउनु भएको छ।बिशेष गरि स्थानीय स्तरमा ढाकाको साडी तयारी गरि स्थानिय कार्यलयहरुमा अनिवार्य लगाउनको वातावरण तयार गर्न सक्यो भने उद्यमि ब्यबसायहरुलाइ प्रोत्साहन हुने कुरा राख्नु भएको थियो।कार्यक्रममा बिशेष अतिथि तनहुँ उद्योग संघका अध्यक्ष पबिन्द्र कुमार श्रेष्ठ ,अतिथिहरुमा शु.न.पा.वडा नंमर ४ का वडा सदस्य रोजिना खातुन , शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त ज्वारचन,प्रथम उपाध्यक्ष समुन्द्र राम श्रेष्ठ ,द्धितिय उपाध्यक्ष हरि खड्का,सचीव हरि बहादुर थापा,कोषाध्यक्ष अर्जुन कुमार श्रेष्ठ ,सदस्य बर्म कुमार श्रेष्ठ ,रोजिना थापा, तुलसि शाह ,त. उ.वा. संघ महिला उद्यमी बिकास समितिका सभापति सकुन्तलाआले,खैरेनीटार महिला बिकाश बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुर्यकला ढकाल ,त.उ.बा. संघ दुलेगौंडा बजार इकाइ समितिका पुर्व सभापति राज कुमार वाग्ले, इलाका प्रहरी कार्यलय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञान बहादुर खड्का ,लगायतकाको उपस्थिति रहेको थियो।महिला उद्यमी बिकास समितिका सभापति बसन्ता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ६० जना सदस्यहरूको सहभागीता रहेको थियो । तालिममा महिला उद्यमी तुलसी शाहले प्रशिक्षण दिनु भएको थियो।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button