गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त ।।

दमौली खबर संवाददाता

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । काँग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र एक स्वतन्त्रसहित ३५ प्रदेश सभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा आजै दाबी र्नुभएको हो । मुख्यमन्त्रीको शपथ भोलि हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री नियुक्त पाण्डे गोरखा २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको होे ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button