ज्येष्ठ नागरिकलाई खोप लगाउन ९४ खोप केन्द्र तोकिए

पैसठ्ठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई आईतबार देखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको हो । तनहँुका १० वटा स्थानिय तहका प्रत्येक वडामा गरी ९४ खोपकेन्द्र तोकिएका स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंखरबाबु अधिकारीले जानकारी दिए । १० स्थानिय तहलाई दुई चरणमा विभाजन गरि खोप लगाउने उनले बताए । व्यास, भानु बन्दिपूर, आँबुखैरेनी र देवघाटमा २७ गतेसम्म खोप अभियान सञ्चालन हुने भएको छ । बाँकी अन्य स्थानिय तहमा २८ गते देखि चैत्र २ सम्म अभियान चल्ने भएको छ ।

खोप लगाउन आउने व्यक्तिले उमेर खुल्ने परिचयपत्र अनिवार्य ल्याउनुपर्नेछ । उनले भने, “खोप लगाइसकेपछि हुनसक्ने आवाञ्छित घटना व्यवस्थापन लागि चिकित्सकसहित मेडिकल टोली भएको स्थानीय तहमा अभियान सञ्चालन गर्दैछौँ ।” जिल्लाका ८५ वडाका ५० खोप केन्द्रमा पहिलो र ४४ खोप केन्द्रमा दोस्रो चरणमा खोप अभियान सञ्चालन गरिने बताईएको छ । खोप अभियानमा ६ सय ९१ जना स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।

ती मध्ये २ सय ६६ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र ४ सय २५ जना स्वयंसेवी स्वास्थ्यकर्मी परिचालन हुने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका फोकल पर्सन एवं कोल्ड चेन असिस्टेन्ट वीरेन्द्र कुमार चौधरीले जानकारी दिए । हाल जिल्लामा लक्षित वर्गको लागि मात्र १ हजार ६ सय ५० डोज खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त अभियानमा १५ हजार लक्षित वर्गलाई कोभिड विरुद्धको खोप लगाईने भएको छ । यस अघि खोप लगाउने प्राथमिकताको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेविका, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिएका कर्मचारी र दोस्रो चरणमा पत्रकार, कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधिलगायतलाई खोप लगाइएको थियो ।

पहिलो चरणमा जिल्लामा ४ हजार ९ सय ६७ जनाले खोप लगाएका थिए । पहिलो चरणको पहिलो समूहका फागुन २ देखि १० गते सम्म १ हजार ८ सय ३० जनाले खोप लगाएका थिए भने दोस्रो समूहका ३ हजार १ सय ३७ जनाले खोप लगाएका थिए । पहिलो चरणका लागि दमौली अस्पतालमा मात्रै एउटा मात्रै खोप केन्द्र तोकिएको थियो भने दोस्रो चरणमा चार खोपकेन्द्र तोकिएका थिए । यसैबीच पहिलो चरणमा पहिलो डोज लगाएकालाई दोस्रो डोज ८ देखि १० हप्ता दोस्रो डोज दिइने जनाइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button