क्षेत्र नम्बर १मा वरिष्ठ नेता पौडेलद्धारा उम्मेदवारी दर्ता २ बाट केन्द्रीय सदस्य वाग्लेको मात्रै उम्मेदारी

दमौली÷१३, भदौ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनु भएको छ । नेता पौडेलले सोमबार आवेदन दर्ता गर्नु भएको हो । कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी, गोबिन्द भट्टराई र कांग्रेस नेता रामचन्द्र पोख्रेलले उम्मेदवारीका लागि आवेदन दर्ता गरेको क्षेत्रीय समितिले जनाएको छ । त्यस्तै क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ प्रखर वक्ता तथा संविधान सभा सदस्य ध्रुव वाग्लेले उम्मेदवारीका लागि आवेदन दर्ता गर्नु भएको छ ।  सोही क्षेत्रबाट कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल र कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले समेत प्रतिनिधि सभा सदस्यमा उम्मेदवारीका लागि आवेदन दिने भनिएपनि अहिलेसम्म परी नसकेको बताइएको छ । उक्त क्षेत्रबाट वाग्लेको टिकट पाएको अवस्थामा जीत हासिल गर्न सहज हुने उहाँका समर्थक नेता कार्यकर्ता बताउछन ।
प्रदेश १ (क) मा प्रत्यक्षतर्फ ११ जनाको उम्मेदवारी परेको छ । रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ गोरा मिया, सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, दिपक भट्टराई, डोबाटे बिक, पूर्ण बहादुर गुरुङ, सहदेब अधिकारी, शंकर पौडेलले उम्मेदवारीका लागि आवेदन दिएको बताइएको छ ।
त्यस्तै समानुपतिकतर्फ कल्पना कोइराला पोख्रेल (महिला खुला), अर्जुन बहादुर अधिकारी (खुला), राजकुमार श्रेष्ठ (जनजाति), आशा थापा (जनजाति), सहिदा खातुन (महिला खुला), पबित्रा पौडेल (महिला खुला), शुशिला शर्मा (महिला खुला), ओजराज पौडेल (खुला), कृष्ण रुचाल ( दलित), उदयराज गौली (खुला), चिनु पोख्रेल (महिला खुला), कुलचन्द्र वाग्ले ( खुला ), ताराप्रसाद श्रेष्ठ (जनजाती), छत्रराज भण्डारी (खुला), बिणा कैनी ( महिला खुला), बृषराज श्रेष्ठ (जनजाती), टेक बहादुर गुरुङ ( जनजाती ), समुन्द्र गोदार (खुला), नारायणी अधिकारी (महिला खुला) मा आवेदन दिएका छन ।
त्यसैगरी प्रदेश १ (ख) को प्रत्यक्ष तर्फ डम्बर बहादुर अधिकारी, दिपक भट्टराई, रामचन्द्र अधिकारी, अर्जुन अधिकारीले आवेदन दिएका छन ।
समानुपातिक तर्फ रेशम गुरुङ (जनजाती), चिजा श्रेष्ठ (महिला जनजाती ), पुष्पदेबि श्रेष्ठ (महिला जनजाती), प्रेम बहादुर गुरुङ (जनजाती), मिरा जोशी (खुला महिला), पबित्रा गौली (खुला महिला), केश बहादुर सुनार (दलित), तम बहादुर दरै (जनजाति), बिद्या खनाल नागिला (खुला), अमृत बहादुर नेपाली (दलित), बाबुराम श्रेष्ठ (जनजाती), राधादेवी खनाल (खुला), यमुना खड्का बिक (दलित) तर्फ आवेदन दर्ता गरेका छन ।
प्रदेश २ (ख) मा प्रत्यक्षमा ५ जना र समानुपातिकमा ६ जनाले उम्मेदवारका लागि आवेदन दिएको क्षेत्र नं. २ का क्षेत्रीय सभापति चुडामणि खनालले बताउनुभयो । प्रत्यक्ष तर्फ चुडामणि खनाल, मिलन आले, मोहन गिरी, इन्द्र आले र जीवनचन्द ठकुरीले आवेदन दिएका हुन । त्यस्तै समानुपातिक तर्फ इन्दिरा खनाल, निलबहादुर थापा, गंगाराम कुमाल, टेकबहादुर थापा, मथुराकृष्ण श्रेष्ठ, आस्थाविन्दु मल्लले आवेदन दर्ता गराएको क्षेत्रीय सभापति खनालले बताए । उक्त नामावली क्षेत्रीय समितिले जिल्ला समिति र जिल्लाले गण्डकी प्रदेश हुँदै प्रदेशले केन्द्रमा पठाउने र केन्द्रको संसदीय समितिले उम्मेदवारहरु चयन गर्ने (टिकट दिने) नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल बताउनुहुन्छ । आवेदन धरैको परेपछि काँग्रेस तनहुँलाई कसरी व्यवस्थापन गर्ने भन्ने टाउको दुखाई भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button