रेडक्रस तनहुँद्धारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम

दमौली खबर संवाददाता
   दमौली, असोज १२ । नेपालीहरुको महान पर्व विजयी दशमी, शुभ दिपावली, छठ, इद एवम् नेपाल संम्वतको अवसरमा नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाद्धारा बुधबार दमौलीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरिएको छ ।
     कार्यक्रममा रेडक्रस तनहुँका सभापति कृष्णहरी वाग्ले, उपसभापति ऋषिराम पोख्रेल, कोषाध्यक्ष हरिशरण पण्डित, उपमन्त्री इन्द्रप्रसाद पौडेल, सदस्य सूर्यचन्द्र हड्खले, परमेश्वर भट्टराई, वरिष्ठ अधिकृत शिवकाजी पिया लगायतका कर्मचारीले शुभकामना आदान प्रदान गर्नु भएको थियो । सोही कार्यक्रममा यही असोज २ र ३ गते गण्डकी प्रदेशको पोखरामा भएको अधिवेशनबाट निर्वाचित कार्य समितिलाई बधाई दिँदै तनहुँ जिल्लाबाट पर्न सफल भएका महासचिव रामदत्त पौडेल र सदस्य कृष्णचन्द्र पाण्डेलाई खादा ओढाई सम्मान समेत गरिएको थियो ।
    यसैबीच ऋषिङ गाउँपालिका–८ धारुङमा डेनिस रेडक्रसको आर्थिक सहयोगमा निर्माण भएका ९१ घरधुरीमा एक घर एक धारा अन्तर्गत सम्पन्न भएको खानेपानी आयोजनाको डेनिस रेडक्रसका प्रमुख डेभिडले कात्तिक १ गते उद्घाटन गरिने सो अवसरमा सार्वजानिकीकरण गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button