नेता गिरीको निधन प्रति जोशीद्धारा दुःख व्यक्त

दमौली खबर संवाददाता
दमौली, भदौ ५ ।
नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनमा गहिरो दुःख व्यक्त गर्नु भएको छ । शनिवार राती उपचारको क्रममा निधन भएका गिरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेता जोशीले परिवारजन प्रति समवेदना प्रकट गर्नु भएको छ  । मेरा मीत्र प्रदीप गिरीको निधनको खबरले मलाइ दुः खित बनाएको छ । ‘निघनको खबरले स्तब्ध भएको र उहाँको स्वर्गवासको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु भनि जोशीले शोक विज्ञप्तीमा भन्नुभएको छ । साथै उहाँले यो शोकको घडीमा परिवारजन, इष्टमित्र, र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु भनि उल्लेख गर्नु भएको छ ।
     यसैबीच वीपी विचार समाज तनहुँले पनि दु ःख व्यक्त गरेको छ । समाजका सभापति हरिशरण पण्डितद्धारा जारी विज्ञप्तीमा नेपाली काङ्ग्रेसका सालिन एवम् बौद्धिक व्यक्तित्व , समाजवादी चिन्तक माननीय प्रदीप गिरीको असामयिक निधनको खबरले बिपि बिचार समाज तनहुँ अत्यन्त स्तब्ध र दुखित भएको जनाईएको छ । उहाँको निधनले राष्ट्रले एक प्रजातान्त्रिक समाजवादी चिन्तक , देशभक्त व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ । साथै समाजले विज्ञप्तीमा यस दुःखद् क्षणमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं भनि उल्लेख गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button