व्यास क्षेत्रलाई चिनाउनको लागि संकृतन सहितको कार्यक्रम

दमौली खबर संवाददाता
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन दमौली शाखाले  व्यास क्षेत्रलाई चिनाउनको लागि संकृतन सहितको कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रत्येक शनिवार संङ्कीर्तन सहित दमौली बजार परिक्रमा गरिदै आएको बताइएको छ । ४ बेद १८ पुराणका रचयिता वेदव्यास क्षेत्र दमौलीलाई विश्वमाझ चिनाउन , प्रचारप्रसार गर्न तथा आध्यत्मिक जागरण ल्याउनका लागि कार्यक्रम  गरिदै आएको संस्थाका अध्यक्ष रबिलाल थापा रसमन्डल दासले बताउनु भयो । संघको दमौली स्थित ब्यास ४ को शाखा कार्यलयमा नियमित शनिबारे सत्सङ कार्यक्रम दिउँसो १२ बजे दखि ४ बजेसम्म हुँदै आएको थापा बताउछन् । उक्त कार्यक्रममा नियमित भागवत गिताको प्रबचन,हरे कृष्ण मन्त्र जप,हरिनाम संङ्कीर्तन सहित भजन कृतन र निशुल्क प्रसाद बितरण, लगायत विभिन्न धार्मिक कार्यक्रम हुदै आएको छ । दैनिक रूपमा हुने उक्त कार्यक्रममा उपस्थितिको लागि संस्थाका सदस्य लक्ष्मी गुरूङले आग्रह गरिन् ।
संघले आगामी दिनमा व्यासको जन्मभूमि दमौलीलाई बिश्वमाझ प्रचार प्रसार तथा धार्मिक एबंम आध्यत्मिक बिकास गर्नका लागि विभिन्न परियोजनाहरू सहित गूरूयोजना समेत निर्माण गरेको छ । जस अन्तर्गत राधा कृष्ण मन्दिर , ब्रह्मचारि आश्रम , सन्यास आश्रम, सभा हल, पाहुना घर,भक्तिबेदान्त गुरूकुल ,भक्तिबेन्दान्त हस्पिटल , गौशाला, भक्तिबेन्दात लाईबेरि , अन्नाथलय आश्रम सहितको गूरूयोजना निर्माण गरिएको संघका सदस्य ईन्जिनियर सुशील खनालले बताए । उक्त गुरूयोजना सम्पन्न गर्नका लागि करिब ६० करोडको लागत अनुमान समेत तयार गरिएको सदस्य खनालले बताउनुभयो ।  परियोजना सम्पन्न गर्नका लागि विभिन्न सरकारी निकायहरू , संघिय सरकार, प्रदेश सरकार तथा व्यास नगरपालिका, विभिन्न सामाजिक संधसंस्थाहरू , सम्पुर्ण राजनैतिक पाटिहरू, धार्मिक क्षेत्र, उद्योग वाणिज्य संघ लगायत देश तथा बिदेशमा रहेका तनहुँ बासिहरूलाई साथ र सहयोगका लागि आग्रह गरिने संघका सदस्य सचिव प्रमोद न्यौपाने बताउनुहुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button