अपांगता भएका लेखनाथ नागिलाको घाउमा मलम लगाए साथीले

दमौली खबर संवाददाता
तनहुँ, काक्तिक २० गते । व्यास नगरपालिका–६ शिसाघाट निवासी लेखनाथ नागिलाको अपाङ्गता भएकोले च¥याईरहेको घाउलाई उहाँका बालापनका साथीहरुले मलम लगाएका छन् । नागिला अध्ययन गरेको शिसाघाट स्थित महेन्द्र ज्योती माध्यामिक विद्यालयको पूर्व विद्यार्थी मञ्चले  सक्रियतामा चार पाङ्ग्रे स्कुटर प्रदान गरि नागिलाको घाउमा मलम लगाउने काम गरिएको हो ।
मञ्चले खरिद गरेको स्कुटरको आईतबार नागिलालाई हस्तान्तरण गरिएको छ । स्कुटर हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष भानु चापागाईले दैनिक जीवनमा सहजता  पूर्व विद्यार्थीहरुसँग रकम सङ्कलन गरेर स्कुटर प्रदान गरिएको जानकारी दिनुभयो । सँगै पढेको बालसखालाई अपाङ्गताका कारण हिँडडुल गर्न नसक्दा कष्टकर जीवन बिताईरहेका उनीहरूलाई सो स्कुटर प्रदान गरिएको स्कुटर हस्तान्तरण कार्यक्रममा बताईएको थियो । हस्तान्तरण कार्यक्रममा मञ्चका सल्लाहकार  महेन्द्रज्योती माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर आले, संरक्षक तथा प्रधानाध्यापक बुद्धिकुमार श्रेष्ठले , मञ्चका सचिव राजिव ओझा, सदस्य सुकबहादुर परियार लगायतले सो अवसरमा धारणा राख्नु भएको थियो । स्कुटर दुई लाख १० हजारमा खरीद गरिएको मञ्चले जनाएको छ । स्कुटर प्राप्त भएपछि आफूले नयाँ जीवन प्राप्त भएको अनुभूति गरेको नागिलाले बताउनुभयो । नागिला सो विद्यालयको पूर्व शिक्षक पनि हुुनुहुन्छ । सो कार्यक्रममा विद्यालयमा अपाङ्गमैत्री भवन बनेकाले नागिलाले  पूनः शिक्षक नियुक्ती दिई आयआर्जनको अवसर दिनु पर्ने आवाज उठेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button