राधा माधव समितिद्धारा बटुकहरुलाई शैक्षिक सामग्री प्रदान

दमौली खबर संवाददाता
शंकरराज नहर्की
दमौली, कात्तिक २१ ।
व्यास नगरपालिका ३ दमौलीमा रहेको राधा माधव समिति दमौली सेन्टरबाट महर्षि संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना बटुकहरुलाई शैक्षिक सामाग्री, दान दक्षिणा प्रदान गर्नुका साथै भोजन गराउने कार्यक्रम सम्पन्न भएको छ । कृपालुजी महाराजको नवौँ बार्षिकी पारेर राधामाधव समितिका संयोजक शान्तिरमण वाग्ले, व्यास ३ का वडाध्यक्ष अनुप राना लगायतले सयुक्त रुपमा बटुकहरुलाई शैक्षिक सामाग्री एवं दान दक्षिण प्रदान गर्नु भएको थियो  । त्यस अवसरमा बोल्दै समितिका संयोजक वाग्लेले मानव सेवामा लाग्नु पुन्य कर्म भएको बताउनुभयो  । कार्यक्रममा प्रचार्य चेकनारायण लामिछाने, समितिका सचिव मिनराज न्यौपाने लगायतले नेपाली मौलिक धर्म, सस्कृति शिक्षाको जर्गेनाको लागि सबै जना एक जुट भएर लाग्नु आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button