भानुमै पहिलो पटक स्नाकोत्तर तहको पढाई सञ्चालन गर्न अनुमती

दमौली खबर संवाददाता
दमौली, भदौ ७ ।
भानु नगपालिका ११ को त्रिभुवन क्याम्पसले पुर्वाञ्चल विश्व विद्यालयबाट शिक्षा शास्त्र संकाय  स्नातकोत्तर तहमा सम्बधन प्राप्त गरेको छ ।
भानु नगरपालिका मै पहिलो पटक सम्बोधन प्राप्त गरेको क्याम्पसलाई पुर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा. यादव कोइरालाले भानु नगर प्रमुख आनन्द राज त्रिपाठी ,भानु–११ का वडा अध्यक्ष बिमल राज जोशी, क्यापस व्यव्स्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङ, क्यापस प्रमुख रविन्दराज जोशी र क्याम्पस सञ्चालक समिति सदस्य रामकृष्ण ढकाललाई सयुक्त रुपमा प्रदान गर्नु भयो ।
नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व शिक्षामन्त्री गोविन्दराज जोशीको विशेष पहलमा सो सम्बन्धन प्राप्त गरेको क्याम्पस प्रमुख रविन्द्रराज जोशीले बताउनुभयो ।  सम्बन्ध प्राप्त गरेपछि तनहुँको दमौली, पोखरा, चितवन, काठमाडौंमा पढ्न जान पर्ने बाध्यता हटेको क्याम्पस प्रमुख जोशी बताउनुहुन्छ । भानु नगरपालिका क्षेत्रमै पहिलो पटक सो सम्बन्धन प्राप्त गर्दा गौरवको महशुस भएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button