थप एक संक्रमितको मुत्यु

कोरोना संक्रमणका कारण ऋषिङ ८ निवासी ७८ वर्षिया वृद्धाको ज्यान गएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनको शुक्रबार बेलुका ७ बजे उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा ज्यान गएको हो । उनमा गत बिहिबार संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसैबीच वडा नम्बर ८ क्षेत्र छ दिनका लागि शिल गरिएको छ । ती वृद्धाको ज्यान गए पछि वडा कार्यालयको आकस्मिक बैठकले मंसीर १८ गते रातीसम्मका लागि वडा कार्यालय शिल घोषणा गर्दै अत्यावश्यक बाहेक हिंडडुल नगर्न अनुरोध गरेको छ । वडा अध्यक्ष भविसरा आलेले सूचना जारी गर्दै थप संक्रमण फैलन नदिनका लागि विद्यालयको पठनपाठन, संघसंस्था, कार्यालय, पसल र होटल बन्द गरिने भन्दै भेला र आवतजावत नगर्न अनुरोध गरेकी छन् । कक्षा १२को परीक्षा भने यथावत हुने वडाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button