सांसद श्रेष्ठले बाँडे दमौली,भानु र बन्दीपुरमा अक्सिजनसहित स्वास्थ्य सामग्री

दमौली खबर संवाददाता
तनहँु क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सांसद कृष्णकुमार श्रेष्ठले तीन अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको छ । भानुस्थित पुरनडिही , बन्दीपुरस्थित बन्दीपुर र व्यासस्थित दमौली अस्पताललाई आज पाँच÷पाँच अक्सिजन सिलिन्डर हस्तान्तरण गरिइएको हो । दमौली अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले प्राप्त अक्सिजनले सङ्क्रमितको उपचारका लागि सहयोग पुग्ने बताउनुभयो ।

पुरनडिही अस्पतालका डा सुरज श्रेष्ठ, भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे, बन्दीपुर अस्पतालमा अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङ, डा. मनिष श्रेष्ठ लगायतको सहभागिता थियो ।–श्रेष्ठले भानु नगरपालिका र बन्दीपुर गाउँपालिकालाई पाँच थानका दरले अक्सिजन सिलिण्डरसहितका सामग्री हस्तान्तरण गरेका हुन् । ‘म आफैंलाई पनि कोभिड पोजिटिभ भएर लामो समयमा निको भएको अनुभव छ,’ उनले भने,‘मेरो जिल्लाका दाजुभाई दिदिबहिनीलाई पनि यस्तो समस्या नहोस् भनेर पहल गरेको हुँ ।’

उनले जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ५ वटा भेन्टिलेटर सहित १० बेड आइसियुको पुर्वाधार निर्माणका लागि ६ करोड , अक्सिजन प्लान्ट निर्माणका लागि ३ करोड रुपैया बिनियोजन भएको बताए । उनले दमौली अस्पतालका लागि ३० लाख तथा बन्दीपुर अस्पतालका लागि ३० लाख रुपैयाँ बिनियोजन भएको समेत बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button