कांग्रेस तनहुँद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम गरियो

दमौली खबर संवाददाता

दमौली, कात्तिक १६ गते

नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँको आयोजनामा बुधबार दमौलीमा चियापान कार्यक्रम गरिएको छ । विजया दशमी,शुभ दीपावली,नेपाल सम्बत,इद एवं छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथीमा नेपाली कांग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत प्रकाश आले रहनु भएको थियो ।

सो अवसरमा बोल्दै मन्त्री आलेले नेपालीहरुको चाडपर्वले भाइचारको सम्बन्ध कायम राख्दै विकासको लागि दलहरु एकजुट अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनधी, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने,प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी प्रमुख अवदेश विष्ट क्षेत्री लगायत सहभागी हुनु भएको थियो ।

Show More

Related Articles

Check Also
Close
Back to top button