फूल खेतीलाई प्रोत्साहन गरिनु उपयुक्त

दमौली खबर संवाददाता

गण्डकी प्रदेशको प्रवेशद्धारमा रहेको आँबुखैरेनी गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रम अन्तर्गत व्यावसायिक फूलखेती थालेर राम्रो काम गरेको छ । यस्ता कार्यले चाडपर्वका समय तथा अन्य कार्यमा बाहिरबाट फूलको आयात गर्नुपर्दा देशको अर्थ बाहिरै जाने हुँदा फूल खेती गरिनु उपयुक्त देखिन्छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । यसको व्यावसायिक खेती गरी आर्थिक आम्दानीको बलियो स्रोतको रुपमा विकास गर्न सकिने भएकाले गाउँपालिकाले नमूनाको रुपमा खेती थालेको बताईएको छ । यस खेतीले कृषकहरुको आयआर्जन गर्न साथै बिदेशबाट हुदै आएको पुष्प आयतलाई प्रतिस्थापन गरी पुष्पमा आत्मिनभर बनाउन टेवा पुग्ने देखिन्छ । पालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा आमा समुह र विद्यालय मार्फत फूल खेती गरिएको छ । कृषि क्षेत्रमा स्वरोजगारका अवसरहरु सृजना गर्ने र रोजगारीका लागि विदेशिने क्रम न्यूनीकरणको गर्न कृषिलाई प्राथमिकतामा राखिएकोले अध्यक्षसँग कृषि कार्यक्रम सञ्चालन गरिएको बताईएको छ । आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता माविको परिसरमा गरी २६ रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको छ भने आगामी दिनमा क्रममा क्षेत्रफल वृद्धि गर्दै लैजाने बताईएको छ । महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न सय प्रतिशत अनुदानमा बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरिनु खुसीको कुुरा हो । गत साउन २० गते रोपिएका बिरुवाबाट ढकमक्क फूल फुलेपछि बजारीकरण सुरु भएको छ । तीन स्थान गरी २६ हजार बिरुवाले ७० दिनमै उत्पादन दिन सुरु गरेको छ । फूल उत्पादन हुन थालेसँगै बजारका फूल व्यवसायीले स्थानीय उत्पादन किन्ने प्रतिबद्धता व्यक्त गरेको बताईएको छ । आँबुखैरेनी पालिकाले जस्तै रकम विदेशिने अवस्थाको अन्त्यको लागि ध्यान दिनु पर्दछ ।

Show More

Related Articles

Back to top button