लागु औषध सहित महिला पक्राउ

दमौली खबर संवाददाता

तनहुँ, कात्तिक १५ गते

तनहुँ प्रहरीले लागु औषध सहित एक महिला पक्राउ गरेको छ । भानु नगरपालिका– १ गन्धर्वटोल बस्ने बर्ष २९ की कमला गन्धर्वलाई पक्रा गरेको हो ।

अवैध रुपमा प्रतिबन्धित औषधीको कारोबार गरिरहेकी छन् भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भानु तनहुँ र प्रहरी चौकी भन्सार तनहुँको संयुक्त प्रहरी टोलीले निजको घरकोठा तलासी लिदा निजको कोठाबाट लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

ट्रामाडोल लेखिएको ३० पत्ता तीन सय थान बरामद गरिएको उहाँले जानकारी दिनुभयो । गन्धर्वलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी औषधी व्यवस्था विभाग बिजुलीबजार काठमाण्डौ पठाइएको प्रनाउ खाँडले बताउनुभयो ।

Show More

Related Articles

Check Also
Close
Back to top button