तनहुँको ६ स्थानमा निशुल्क बन्ध्याकरण शिविर हुने

दमौली खबर संवाददाता

दमौली, माघ ७

स्वास्थ्य कार्यालय तनहुँले सन्तानका रहर पुगेका दम्पतीहरुको लागि निशुल्क स्थायी बन्धाकरण शिविर गर्ने भएको छ ।

यही माघ २२ गते देखि फागुन १ गते जिल्लाका ६ स्थानमा शिविर गरिने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

माघ २२ गते शुक्ला गण्डकी नगरपालिकाको खैरेनीटार स्वास्थ्यचौकीमा, माघ २४ गते भानु नगरपालिकाको पुरनडिही नगर अस्पतालमा, माघ २५ गते आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी स्वास्थ्य चौकीमा, माघ २७ गते म्याग्दे गाउँपालिकाको जामुने स्वास्थ्यचौकीमा, माघ २८ गते व्यास नगरपालिकाको गजुरे स्वास्थ्य चौकीमा र फागुन १ गते दमौली अस्पतालमा शिविर सञ्चालन गरिने स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button