यास नगरपालिका–५मा तोरी मिल शुभारम्भ

दमौली खबर संवाददाता

दमौली, असोज २३

व्यास नगरपालिका वडा नं ५ को कण्टारमा तोरी मिलको शुभारम्भ गरिएको छ । श्री दभुङ चण्डीदेवी वहुउद्येश्यीय सहकारी संस्था व्यास–५, द्धारा संचालित तोरी मिलको शुभारम्भ वडा नं ५ को वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो ।

दभुङ चण्डीदेवी वहुउद्येश्यीय सहकारी संस्थाको अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले सहकारीको आयाम वहुआयामिक भएको हुदाँ सहकारीले कृषि र उत्पादनमा जोड दिनुपर्ने वताउनुभयो । समाज रुपान्तरण सहकारीको माध्यामवाट हुने भएकोले सहकारीले आफनो मुल उद्येश्य अनुरुप काम गर्नुपर्ने वताउनुभयो । सहकारीले वचत संकलन तथा ऋण दिने मात्र नभई उत्पादन, रोजगारी तथा समाजलाई रुपान्तरण गर्ने गरि काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

व्यास नगरपालिकाको १ लाख ५० हजार अनुदान समेत गरि कुल ५ लाख २५ हजारमा खरिद गरिएको तोरी मिलले स्थानिय उत्पादनमा र विक्री वितरणमा सहयोग पुग्ने विश्वास गरिएको कार्यक्रम अध्यक्ष मोहन कुमार श्रेष्ठले वताउनुभयो । सहकारीले विभिन्न कार्यक्रम शुरु गरेको हुनाले सहयोग गर्न समेत अध्यक्ष श्रेष्ठले आग्रह गर्नु भयो । संस्थाका सचिव राजकुमार श्रेष्ठले संचालन गरेको कार्यक्रममा संस्थाका शेयर सदस्यहरु र स्थानिय जनसमुदायको उपस्थिती रहेको थियो । संस्थामा २३८ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् ।

Show More

Related Articles

Check Also
Close
Back to top button