व्यास नगरपालिकाले डेंगुको नियन्त्रण तथा रोकथामको लागि औषधी छर्किने

दमौली खबर संवाददाता

दमौली, २३

तनहुँको व्यास नगरपालिका डेंगु संक्रमणको उच्च जोखिम परेपछि नियन्त्रण तथा रोकथामको लागि औषधी छर्किने भएको छ । व्यास नगरपालिका भित्र हाल सम्म पनि डेङ्गुको असर नघटेको हुदाँ औषधी छकिर्ने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठनको सिफारिसको डेङ्गु नियन्त्रण सम्बन्धी औषधि खरिद गरी प्रभावित वडाहरुमा छर्न समेत स्वास्थ्य तथा जनसंख्या शाखालाई निर्देशन दिईएको उहाँले जानकारी दिनुभयो । तनहुँमा झण्डै पाँच हजार जनामा डेंगुको संक्रमण हुनुका साथै पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सबै व्यास नगरपालिका रहेका छन् भने संक्रमण हुनेमा ८६ प्रतिशत व्यास नगरपालिकाको रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाले लामखुट्टेको बासस्थान खोज र नष्ट गर्रौ भन्ने अभियानलाई टोल विकास संस्था समेतको सहयोगमा निरन्तरता दिन वडा समितिलाई निर्देशन दिएको छ ।

व्यास नगरपालिकाको सोमबार नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नियमित वैठकले डेंगु नियन्त्रण तथा रोकथामको लागि सो निर्णय गर्नुका साथै अन्य विविध निर्णहरु गरेका छन् । यसका उक्त वैठकमा उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थितिमा विभिन्न निर्णय गरेको हो ।

नेपाल नगरपालिका संघको निर्णयानुसार गण्डकी प्रदेशमा व्यास नगरपालिका छनौट भई मिति २०८०÷०६÷२३ र २४ गते दिशा पिसाव जन्य सरसफाई सम्बन्धी हुन गइरहेको गणकहरुको छनौट र प्रशिक्षण कार्यमा सहयोग गर्ने निर्णय गरिएको छ । यस नगरपालिकाबाट २०८०÷०६÷०३ देखी थालनी गरिएको बुधबारे हाट बजारको समिक्षा गरि उक्त दिन विहान देखी साझ सम्म अनसन चौतारी नजिक दमौली सेन्टर पार्कको चौरमा व्यवस्थित गरि सञ्चालन गर्ने र उक्त दिन अन्य सडक, गल्ली, चोकमा बिक्रि वितरणमा प्रतिबन्ध गरि गाडी, ठेलागाडा समेतलाई निर्धारित चौरमै बिक्रि वितरण गर्ने व्यवस्थापन गर्ने निर्णय गरिएको छ र व्यास नगरपालिका वडा नं १० स्थित वैरेनी जग्गा विकास आयोजनाको दोस्रो चरणको पूर्वाधार निर्माणको काम आ.ब २०८१÷८२ भित्र सम्पन्न गर्ने गरी टेण्डर गर्न जग्गा विकास आयोजनालाई निर्देशन दिने निर्णय गरिएको छ । नगरपालिका भित्र सञ्चालनमा रहेका ३ पाङ्ग्रे टेम्पू, ४ पाङ्ग्रे म्याजिकलाई नगरपालिकाको नियमानुसार आगामी कार्तिक मसान्त भित्र नविकरण वा नयाँ दर्ता गर्न समय दिने र उक्त समय भित्र नविकरण÷दर्ता गरेमा सञ्चालन अनुमति प्रमाणपत्र उपलब्ध गराउने, र उक्त अवधि भित्र नविकरण÷दर्ता नगरेमा नगरपालिका भित्र सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको नगरपालिकाद्धारा विज्ञप्तीमा उल्लेख गरिएको छ । व्यास नगरपालिकाको नीति तथा कार्यक्रम र विनियोजित वजेट अनुसार दलित उत्थान कार्यक्रमलाई व्यवस्थित ढंङ्गले सञ्चालन गर्न नगर प्रमुखको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका कार्यपालिका सदस्यहरु, वडाका दलित सदस्यहरु सबै र राष्ट्रिय मान्यता प्राप्त राजनैतिक दलका एक÷एक जना नगरस्तरीय दलित प्रतिनिधि, नगरपालिकाका लेखा अधिकृत, शिक्षा तथा सामाजिक विकास शाखा प्रतिनिधि संलग्न दलित लक्षित कार्यक्रम सञ्चालन समिति गठन गर्ने निर्णय गरिएको छ ।

व्यास नगरपालिका वडा नं ५ मानुङकोटमा खानेपानी व्यवस्थापनका लागि संघीय वजेटबाट टेण्डर प्रकृया पुरा गरी निर्माण व्यवसायीलाई कामको इजाजत दिइएकोमा, दर्ता भएको मुलमा केहि जग्गाधनिहरुबाट असहमति जनाएकाले सम्बन्धित पक्षहरुसंग सहमतिका लागि छलफल चलिरहेकोमा उक्त छलफललाई निष्कर्षमा पुर्याई योजना सञ्चालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित वडा र योजना शाखालाई निर्देशन दिने निर्णय गरिएको छ । संघीय सरकारको विनियोजित रकमबाट हाललाई प्रस्तावित वडाहरुमा प्रतिवडा रु. तीन लाख भित्र खर्च हुनेगरी वडा नं ५, ६, ११, १२, १३ र १४ मा रोजगार सृजना सम्बन्धि कार्यक्रममा सूचिकृत श्रमिकहरुलाई काममा लगाउने गरी कार्यक्रम स्वीकृत गरिएको छ ।

 

Show More

Related Articles

Back to top button