कृषक वसन्त खड्काको नमुना काम

दमौली खबर संवाददाता

धेरै जसो सेना, प्रहरी र सशस्त्र प्रहरीको जागिर पछिको जीवन विदेशमा सुरक्षा गार्ड तथा स्वदेशमा आराम गरेर दिन खेर फाल्ने गर्दछ तर तनहुँको भानु नगरपालिका–६ मुलपानीका वसन्तबहादुर खड्काले कुुखुरा पालेर अण्डा उत्पादन गरी छोरीहरुलाई डाक्टर र इन्जिनियर पठाउनु भएको छ । नेपाली धेरै युवाहरु गाउँमा जामिन बाँझो राखेर बिदेश गएको भएपनि खड्का कृषि पेशाबाट सन्तुष्ट हुनुहुन्छ । पेन्सन पाके पछि थुप्रै मानिसहरु गफ गरेर र आराम गरेर समय खेर फाल्छन् तर खड्का विहान सवैरे देखि साँझ सम्म कृषि कर्ममा बिताउनुहुन्छ उहाँलाई यो दैनिकी प्रति गर्व छ । पेन्सनको रकम र नपुगे जग्गा बिक्री गरेर आफ्ना सन्तानहरुलाई अध्ययनको खर्च जोहो गर्न सक्ने हुँदा परिश्रम गर्न बाध्यता छैन, तर कृषि कर्ममै रमाएर छोरीहरुको राम्रो शिक्षाको लागि अहोरात्र खटिनु भएको छ । खड्काले ३५ रोपनी जमिनमा कृषि कर्म गर्नु भएको छ । पाँच रोपनी जमिनमा कुखुराको लागि संरचना बनाएर अन्यलाई पनि जमिन बाँझो राख्न हुँदैन भन्ने अर्को सन्देश प्रवाह भएको छ । उहाँको ठुलो छोरी सन्ध्या खड्का एमविविएसमा चौथो वर्षमा अध्ययन गर्दै हुनुहुन्छ भने कान्छी छोरी रेखा खड्का सिभिल इन्जिनियरिङमा तेस्रो वर्षमा अध्ययन गर्दैहुनुहुन्छ । दुवै छोरीको अध्ययनको खर्च धेरै लाग्ने रहेको छ तर खड्काले पसिना बगाएर अध्ययन खर्च जुटाएर प्रशसनीय काम गर्नु भएको छ । उहाँले गरे के हुँदैन भन्ने सन्देश दिनु भएको छ । अन्यले पनि कृषिमा लगानी गरेर देशलाई खाद्यान्न, माछामासु , अण्डा, फलफूलमा देशलाई आत्मनिर्भर गर्न टेवा पुग्दछ ।

Show More

Related Articles

Back to top button