ट्राफिक सप्ताहलाई सफल पारौं

सडक सुरक्षा हामी सबैको रक्षा,सुरक्षा सोचौ दुर्घर्टनाबाट बचौ ,भन्ने मुल नाराका साथ गण्डकी प्रदेशको ११ वटै जिल्लामा सोमबार देखि ट्राफिक सप्ताह सुरु भएको छ । तनहुँमा सप्ताहव्यापी कार्यक्रम भव्य रुपमा उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रम उद्योगी, व्यवसायी, सुरक्षाकर्मी, विद्यार्थी, शिक्षक, पत्रकार, राजनीतिकर्मी, कृषक सबै पक्षको सहभागिता रहेको थियो । दुर्घटनाबाट दिनहुँ ज्यान गुमाएको खबर सञ्चार माध्यममा आईरहेको हुन्छ । तिब्र गति, इन्जिनको खरावी, सडकमा सवारी चाप, साँघुरो घुम्ति शिविर तथा मापासे सेवन आदिको कारणले गर्दा दुर्घटना बढीरहेको छ । तनहुँमा पृथ्वी राजमार्गमा हुनेगरेको अत्याधिक सवारीसाधन दुर्घटनाको प्रमुख कारण साँघुरो सडक नै भएको सो अवसरमा बताईएको थियो । सवारीसाधन चालकले अत्याधिक मादक सेवन गरि सवारी चलाउने ,पैदल यात्रुले दायाँबायाँ नहेरी हतारमा बाटो काट्दा, ओभर स्पिड गरि सवारीसाधन चलाउदा र सिकारुहरुले सवारी साधन चलाउदा अकालमा ज्यान गुमाउन बाध्य भएको बताइन्छ । ट्राफिक सप्ताहमा विशेष गरी ट्राफिक ज्ञान दिनु नै मूख्य उद्धेश्य । ट्राफिक ज्ञानको व्यापकता दिन यस्ता सप्ताहले मद्धत पुग्दछ । ट्राफिक ज्ञान सप्ताहमा मात्रै हैन सधै दिनु पर्छ । एकबारको जीन्दगीमा अकालमा ज्यान गुमाउने हैन त्यसको लागि त्यसको लागि ट्राफिक नियमलाई सबैले पालना गर्नुपर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button