अतिक्रमण गरी बनाईएका संरचना हटाऔं

दमौली खबर संवाददाता
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सार्वजानिक स्थानको अतिक्रमण गरि बनाईएको संरचना भत्काउँदा वाही वाही पाउनु भएको छ । देशभित्र मात्रै नभई विदेशमा समेत नगरप्रमुख शाह चर्चामा हुनुहुन्छ । टुकुचा खोला वगेको स्थानको समेत पहिचान भएपछि वालेनको चर्चा चुलिएको छ । काठमाडौं क्रंक्रिटको घना सहर भएकोले आकाशबाट वर्षिएको पानी जमिनमा रिचार्ज हुन नपाएर सुरुङ सानो भएर र पानी खोलामा मिसाउन समस्यमा परेकोले खोलामा बग्ने पानी बस्तीमा बस्ने गरेकोले पनि बाढीले हाल क्षती धेरै पु्¥याएको भन्दै वालेनको प्रशंसा गर्नेहरु थुप्रै छन् । विभिन्न आयोग बन्ने क्रममा राजनीतिक आग्रह र पूर्वाग्रह तथा त्यस सम्बन्धि ज्ञान नभएका व्यक्तिलाई जिम्मेवारी दिँदा सार्वजानिक स्थानहरु व्यक्तिले दर्ता गरेको देखिएको  छ । यस्ता कुराहरुलाई गंभिरता पूर्वक लिएर विगतमा भएका अतिक्रमण हटाउने र पूनः अतिक्रमण रोक्ने कार्य जनप्रतिनिधीले गर्नुपर्दछ । काठमाडौं महानगरको जस्तै गरी तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाइने कार्य अघि बढाउनु स्वागत योग्य कदम हो । सार्वजनिक जग्गा, स्थल र सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउनु पर्दछ ।
अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले हालै ३५ दिनको सार्वजानिक सूचना जारी गरिसकेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) मा सार्वजनिक ऐलानी तथा पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा र भौतिक पूर्वाधारको संरक्षण तथा सुरक्षाको जिम्मेवारी नगरपालिकाको हुने भएकोले सो अनुरुप कदम अगाडी बढाउनु पर्दछ । सार्वजनिक जग्गा प्रयोग गरी सञ्चालन गरिएका व्यापार तथा व्यवसाय, सडकको क्षेत्राधिकारभित्र सञ्चालन भएका व्यवसाय, सार्वजनिक जग्गा, राजमार्ग तथा भित्री सडक ओगटी गरिएका निर्माण कार्य, सार्वजनिक जग्गा तथा सडकको क्षेत्राधिकारभित्र सञ्चालित ठेलागाडा तथा घुम्ती सवारी साधन हटाउन आग्रह गर्दै नहटाइए नगरपालिकाले नै बालेनले झैं शाहसिक कार्य गर्नुपर्दछ । आँबुखैरेनी गाउँपालिकाले अतिक्रमित पैदल मार्ग हटाउने कार्य अघि बढाएको छ । सुरुमा वडा नम्बर ३ आँबुखैरेनी बजारमा पनि अब अतिक्रमित पैदलमार्ग खाली गराईने र अन्य वडामा पनि अतिक्रमण गरेको क्रमश हटाइने गाउँपालिकाले जनाएको छ ।  आँबुखैरेनी बजार चोक देखि गोरखारोड अन्तर्गत मनकामनाचोकसम्म र गाउँपालिकाचोकसम्मको सडकमा रहेको मुख्य नालाबाट ३ मिटर भित्रको दायाबाया भाग छोडेर पैदलमार्ग खाली गर्न निर्देशन दिईएको छ यसलाई कार्यान्वयनमा ल्याउनु पर्दछ ।  पालिकाको यस्तो कार्यलाई स्थानीय बासिन्दाले मद्धत गर्नुपर्दछ । भुकम्प जस्ता प्रकोपको समयमा बस्नको लागि सार्वजानिक जमिनको संरक्षण गरिनु सबैको दायित्व हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button