पाँचौ आदिवासी जनजाति साँस्कृतिक एवम् पर्यटन महोत्सव सम्पन्न गण्डकी प्रदेशको समृद्धिको मूख्य आधार पर्यटन भएको मुख्यमन्त्री अधिकारीको भनाई

दमौली खबर संवाददाता

दमौली, माघ ४

गण्डकी प्रदेशका मूख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशलाई थप पर्यटकीय आर्कषणको केन्द्र बनाउन लागि पर्ने बताउनु भएको छ । सो कुरा मूख्यमन्त्री अधिकारीले बुधबार दमौलीमा सञ्चालित पाँचौ आदिवासी जनजाति साँस्कृतिक एवम् पर्यटन महोत्सवको समापन गर्दै सो कुरा बताउनुभयो ।

यो प्रदेश प्राकृतिक रुपमा सुन्दर र सांस्कृतिक रुपमा पनि धनी भएकोले पर्यटकलाई लोभ्याउने भएकोले समृद्धिको मूख्य आधार पर्यटन भएको उहाँले बताउनुभयो । प्रदेश सरकारले पर्यटनलाई प्राथमिकता दिएर विकासको कार्य अघि बढाउने उहाँले बताउनुभयो । तनहुँमा पर्यटकीय स्थल थुप्रै रहेको ति स्थानको प्रवद्धनको लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री अधिकारीको भनाई थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यद्धय जीतप्रकाश आले, अशोककुमार श्रेष्ठ, श्यामराज महत, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले लगायतले यस्ता महोत्सवले सस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तर गर्न तथा उत्पादित बस्तुको विक्रीको लागि टेवा पुग्ने हुँदा सबैले साथ दिने र सहयोग गर्नुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रम महोत्सव मुल समारोह समितिका अध्यक्ष सुजित हिराचनको अध्यतामा भएको थियो । महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रर्वद्धन र तनहुँको पर्यटकीय विकासमा मद्दत पु¥याउने मूख्य उद्धेश्यले नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समितिको आयोजना गरिएको थियो । मुख्यमन्त्री अधिकारी नेकपा एमाले तनहुँले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सहभागी हुनु भएको थियो । सो अवसर अधिकारीले कुरा गरेर नभई काम गरेर देखाउने बताउनु भएको थियो ।

अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवको अन्तिम दिनसम्म कुल १ लाख ५२ दर्शकले महोत्सव अवलोकन र १ करोड ५० को कारोबार भएको महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिनुभयो । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा भएको महोत्सवको अन्तिम दिन बुधबार गायिका चिना थापा र ¥यापर मिस्टर डि को प्रस्तुती रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button