बन्ने भो म्याग्देमा चिस्यान केन्द्र

दमौली खबर संवाददाता

बिबि श्रेष्ठ

तरकारी र फलफूलका तनहुँको म्याग्दे गाँउपालिकाले चिस्यान केन्द्र निर्माण गर्न थालेको । म्याग्दे गाँउपालिका–३ को विरुवा मा उक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो ।

यहाँ चिस्यान केन्द्र नहुँदा बीउका लागि आलु अन्यत्र पठाउनुपर्ने बाध्यता थियो । चिस्यान केन्द्र निर्माण भएपछि आलुको बीउका लागि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ अपेक्षा गरिएको छ । केन्द्र निर्माणको जिम्मा पासा कन्ट्रक्सनले चिस्यान केन्द्रले पाएको छ । गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । यही पुस १ मा सम्झौता भएको चिस्यान केन्द्र १ करोड ४७ लाख ४ हजार ६ सय ४७ रुपियाँमा वन्नेछ । हाल २ ढलान १९५.८४ स्कुवायर मिटरको वन्ने चिस्यान केन्द्रमा कृषकद्धारा उत्पादित फलफुल, तरकारी लगायतका वस्तुहरुलाई राखिने गाँउपालिकाले जनाएको छ । कृषकद्धारा उत्पादित वस्तुको भण्डारणका लागी चिस्यान केन्द्र वनाईएको र त्यसले गर्दा कृषकहरु पुर्ण रुपमा लाभान्वित हुने पालिकाले जनाएको छ ।

२०० मेट्रिक टन भण्डारण गर्न सक्ने क्षमता केन्द्रको छ । पालिका समृद्ध वनाउनका लागी उत्पादन र कृषिमा हाम्रो प्राथमिकता हो । कृषकले फलफुल र तरकारी उत्पादन गर्ने तर समयमा विक्री हुन नसक्ने समस्या टड्कारो छ । जसले गर्दा कृषकलाई सधै वजार पाउन सक्ने अवस्था थिएन । उत्पादित वस्तु समयमा वेच्न नसक्ने हुदाँ सड्ने र वस्तु घाटामा वेच्नुपर्दा व्यवसायमा असर पर्ने देखिएकोले गर्दा चिस्यान केन्द्र मार्फत वस्तुको भण्डारण गर्न लागिएको गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताउनुभयो । कृषकलाई उत्पादनमा प्रेरित गर्ने वस्तुको वजारीकरणमा सहयोग गर्ने गरि पालिका अगाडी वढेको छ । चिस्यान केन्द्र निर्माण पछि कृषक आफैले उत्पादित वस्तुको भण्डारण र विक्री गरि आयआर्जनमा वृद्धि गर्नेछ, श्रेष्ठ भन्नुभयो । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुलाई खेर जान नदिन, स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्न चिस्यान केन्द्र निर्माण कार्य थालनी गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे बताउनुहुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button