दमौली अस्पतालको अक्सिजनको पाईपलाइन चोरी

दमौली खबर संवाददाता

दमौली, माघ ३

तनहुँको सदमुकाम दमौली स्थित जिल्ला स्तरीय दमौली अस्पतालमा अक्सिजनको पाइप लाइन चोरी भएको छ ।

अस्पतालमा बन्दै गरेको सघन कक्षमा विरामीको लागि बेडमा अक्सिजन पु¥याउनको लागि जडान गरिएको तामाको पाइप लाइन चोरी भएको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्रथापाले जानकारी दिनुभयो । तामा कबाडीमा बेच्ने मनसायले चोरी भएको आशंका अस्पतालको छ ।

पाइप लाइन चोरी भएपछि अस्पताल प्रशासन समान सुरक्षा गर्न कमजोर देखिएको छ । बन्दै गरेको सघन कक्षमा झाल र ढोका नभएकाले चोरलाई पस्न सजिलो भएको अस्पतालले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button