रेडक्रस तनहुँको सकरात्मक कार्य

रेडक्रस भन्ने वित्तिकै धेरैले ‘जहाँ दुःख त्यहाँ रेडक्रस’ भन्ने नारा सम्झन्छन् । रेडक्रसले गरेको उदाहरणीय कार्य गरेको यो नारा जनजिब्रो झुण्डिएको हो । रेडक्रसको काम विश्वभरनै सबैले प्रशंसा गर्दै आएका छन् । नेपाल पनि यसले विशिष्ट स्थान बनाएको छ समाजसेवाको क्षेत्रमा । नेपाल स्थित रेडक्रस मध्ये तनहुँ रेडक्रसले पनि रेडक्रसको मर्म अनुसार काम गर्दै आएको छ । विगतमा खानेपानी क्षेत्रमा योगदान दिएको रेडक्रस हाल बाढीपहिरो , आगो लगायतले पीडित बनेका मानिसलाई सहयोगलाई निरन्तरता दिएको छ । विशेष गरी रेडक्रस तनहुँले सदरमुकाम दमौली स्थित दमौली अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याएर विरामीलाई रगत अभाव हुनबाट जोगाउन मद्धत गरेको छ । रेडक्रस तनहुँका तनहुँ अधिकांश सामुदायिक विद्यालयमा जुनियर रेडक्रस सर्कलल मार्फत विद्यार्थी भाईबाहिनीहरुको समाजसेवा गर्नुपर्छ भन्ने भावानाको विकास गरेको छ । त्यसो रेडक्रस तनहुँको रेडक्रस दिवसको उपलक्ष्यमा वर्षेनि विविध कार्यक्रम गर्दै आएको छ । यसै सन्दर्भमा सोमबार पनि विश्व रेडक्रस दिवसको उपलक्ष्यमा दमौलीमा रक्तदान तथा वतृत्वकला प्रतियोगिता गरेर सकरात्मक कार्य गरेको छ । नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाद्धारा वतृत्वकला प्रतियोगिता र व्यास नगरपालिका–४ स्थित साँखर उपशाखाद्धारा दमौली कलेजमा रक्तदान कार्यक्रम गरिएको थियो भने अन्य उपशाखामा पनि विविध कार्यक्रम गरिएको थियो । यस्ता कार्यक्रमले मानिसहरुमा सामाजिक कार्य गरुँ गरुँ भन्ने भावानाको विकास गराउद छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button