पुरनडिही अस्पताल आफै विरामी अस्पतालको लागि जग्गा दान दिनेले नै उपचार पाएनन्

दमौली खबर संवाददाता

तनहुँ, वैशाख २७

तनहुँको भानु नगरपालिका–५ पुरनडिही, सेपाबगैचा स्थित पुरनडिहीअस्पताल आफै विरामी भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीको अभावले विरामी
परेको हो । अस्पतालको एम्बुलेन्स समेत विग्रिएको बर्षौ भईसक्दा पनिमर्मत सम्भार हुन सकेको छैन । अस्पताल आफै विरामी भएर स्थानीय
वासिन्दा उपचारको लागि निजी मेडिकल हल तथा अस्पतालमा धाउनु पर्नेबाध्यता भएको छ । अस्पतालले सेवा दिन नसकेपछि अस्पताल निर्माणको लागि
जग्गा दान दिने वडा नम्बर ५ सेपाबगैचा निवासी ११४ वर्षिय गोपीमायापोख्रेलले उपचार नपाएर निजी अस्पतालमा भर्ना भएर उपचार गर्नु भएको छ
। गोपीमायाले अस्पतालको लागि निशुल्क जग्गा दान दिनु भएको थियो तरत्यही अस्तपालबाट उपचार नपाए पछि मब्गलबार तनहुँको सदरमुकाम
दमौली स्थित रत्नहरी अस्पतालमा भर्ना गराएर उपचार गर्नु परेको छ ।

गोपीमायाले स्थानीय पुरनडिही स्थित नगर स्तरीय पुरडिहीअस्पताललाई बढेसकालमा आफ्नो उपचार गर्न सहज होस् र गाउँबासीलाई
उपचारको लागि टाढा धाउन नपरोस् भन्ने चाहाना राखेर अस्पताललाईजग्गा दान दिनु भएको थियो । सरकारी कार्यालय खुल्ने समय १० देखि ५
बजे सम्म मात्रै सेवा दिने र एक्सरे मेसिनले पनि काम नगर्ने भएकोलेबाध्य भएर निजी अस्पतालमा उपचारको लागि ल्याउनु परेको
गोपीमायाको नाति तिर्थराज पोख्रलेले जानकारी दिनुभयो । आकस्मितलगायत अन्य उपचार लिन सहज होसु भनेर हजुरको आग्रहमा आठ आना जग्गा
दान दिईएको तर त्यही अस्पतालबाट उपचार नपाउँदा दुःख लागेकोपोख्रेलले बताउनुभयो । ।।।।।।यस भेगका जनताको भलो हुने देखेर जग्गा
दान दिईयो तर सरकारी अस्पतालमै हजुरआमाले उपचार पाउनु भएन’’पोख्रेलले भन्नुभयो । आमजनताले सेवा र सुविधा पाउने सोचाइले हजुर
आमाको आग्रहमा दान दिईएको उहाँले बताउनुभयो ।उक्त अस्पतालले सार्वजानिक विदा र कार्यालय समय बाहेक अन्य समयमा
सेवा बन्द गरेको छ । अस्तालजस्तो संवेदनशिल क्षेत्रमा अकस्मित(इमरजेन्सी)सेवा नपाएपछि स्थानीय वासिन्दा आक्रोशित भएका छन् । विरामीले उपचार
नै नपाई फिर्ता जानु पर्ने अवस्था आएपछि विपन्न समुदायका नागरिक

महब्गो शुल्कमा निजी क्लिनिक तथा अस्पतालमा भर्ना गर्नुपर्दा मर्कामापरेकाले आक्रोशित भएको सोही ठाउँ निवासी भरत पोख्रेलले बताउनभयो
। लामो समय देखि विग्रिएको एम्बुलेन्स समेत नबनाउँदा महब्गो शुल्कतिरेर निजी एम्बुलेन्स प्रयोग गर्नु परेको गुनासो उहाँले गर्नुभयो ।
पोख्रेलले भन्नुभयो,।।।।।।सार्वजानिक विदा तथा शनिबार अस्पतालमा कार्यालयसहयोगी पिएन मात्रै हुने हुँदा गाउँवासीले उपचारबाट बञ्चित भएकाले
आक्रोशित हुने गरेका छन् ।’’ भानु नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख
ऐश्वर्यचन्द्र भट्टराईले दरबन्दी अनुसार चिकित्सक, नर्स तथा कर्मचारी नहुँदा समस्या भएको बताउनुभयो । तीन जना चिकित्सक दरबन्दी रहेको
अस्पतालमा हाल एक जना डा.विवेक रेग्मी मात्रै कार्यरत रहेकोले उहाँले विदामा बस्दा सेवा बन्द गर्नुपरेको उहाँले बताउनुभयो । अन्य
जनशक्तिको पनि अभाव भएकोले सेवा प्रदान गर्न समस्या भएको भट्टराई बताउनुहुन्छ । भानु नगरपालिकाको उपप्रमुख उमा गोतामेले दरबन्दी
अनुसारको चिकित्सकको माग सुनुवाई नभएकोले अस्तापलको सेवा प्रभावकारी बनाउन नसकिएको बताउनुभयो । उपप्रमुख गोतामे भन्नुभयो।।।।।।पटक
पटक माग राख्दा पनि सुनुवाई नभएकोले कार्यपालिकाको बैठकलले नगरपालिकाले आफ्नै स्रोतबाट भएपनि जनशक्ति थप गरी सेवा प्रदान गर्ने
निर्णय भएको छ ।’’ पुरनडीही अस्पतालले वैशाख २१ गते आकस्मित कक्षमा भर्ना हुन आएका विरामीलाई उपचार नै नगरी फिर्ता पठाएको थियो ।
भानु नगरपालिका–४ तिलाहारका राजु विकलाई प्रेसर हानेर ढलेपछि स्टेचरमा बोकेर गाउँलेहरुले अस्पतालमा पु¥याएका थिए तर अस्पतालले विहान १० देखि
५ बजे सम्म मात्रै सेवा प्रदान गर्ने हो भनेर फिर्ता पठाए पछि निजी मेडिकलमा लगेर उपचार गर्नु परेको वडा नम्बर ४ निवासी तिला बसेलले
बताउनुभयो । अस्पतालको सुधारको लागि जनप्रतिनिधीले काम गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् । भानु नगरपालिका १ भन्सार निवासी ठाकुर
अधिकारीले नेताहरु उपचारको लागि विदेश जाने तर ग्रामिण क्षेत्रमा सञ्चालित सरकार अस्पताल आफै विरामी भएर उपचार नपाउने अवस्था आउनु बिडम्बना
भएको बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button