समधान अस्पतालको अब आफ्नै एम्बुलेन्स

व्यास २ स्थित मालपोत लाइनमा रहेको समाधान अस्पतालले एम्बुलेन्स सेवा सुरु गरेको छ ।
ग्रामीण भेगका बासिन्दालाई लक्षित गरी अस्पताल आफैले एम्बुलेन्स सेवा सुचारु गरेको हो । सेवाको उदघाटन निर्वतमान प्रतिनिधि सभा सदस्य कलिला खानले गरिन । उनले स्वास्थ क्षेत्रमा एम्बुलेन्स अपरिहार्य रहेक बताइन् । उनले भनी सवारी साधनको अभाबले समयमा नै स्वास्थ सेवा नपाउदा कतिले अकालमै ज्यान गुमाएका छन ।

एम्बुलेन्स सेवा शुरु भएपछि ग्रामीण क्षेत्रका बासिन्दाले समयमै सुविधायुक्त स्वास्थ्य सेवा र अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको रहदैन । अस्पतालले व्यक्तीगत रुपमा एम्बुलेन्स खरिद गरेपनि जिल्लामा नहुने उपचारको लागि बाह्य जिल्लाका अस्पतालमा बिरामी सहज रुपमा पुराउने समेत बताएको । अस्पतालले प्रत्येक महिनामा पोखराका बिशिस्ट डक्टरहरुबाट बिरामीलाई विभिन्न रोगको उपचार प्रदान गर्दै आएको छ भने फिजिसियन तथा विशेषज्ञ सेवा दिंदै आईरहेको छ । अन्य अस्पतालको तुलनामा अस्पतालले प्रभावकारी सेवा प्रदान गर्दै आएको र एम्बुलेन्स सेवाले थप टेवा पुराउने अस्पतालका अध्यक्ष समिम खानले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button