मस्र्याङ्दी नदीमा डुबेर आँबुखैरेनी निवासी घिमिरेको मृत्यु

दमौली खबर संवाददाता

तनहुँ, फागुन १७

मस्र्याङदीमा नदीमा डुबेर तनहुँको एक पुरुषको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजारका वर्ष ३६ का मदन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

फागुन १२ गते देखि नदीमा हराईरहनु भएका घिमिरेको शव आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्याङ्दी जल विद्युतको डम्पिङ साइड नजिकै आबुखैरेनी तनहुँबाट खटिएको प्रहरी टोली र शसस्त्र प्रहरी बल बिपत व्यस्थापन टोलीले फेला पारेको घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले खाँडले बताउनुभयो ।

प्रहरी कार्यालय केनाईन शाखा पोखराबाट समेत तालिम प्राप्त कुकुर झिकाई खोजतलास फेला नपरे पछि शसस्त्र प्रहरी बल बिपत व्यस्थापन टोली आएको उहाँले जानकारी दिनुभयो । घिमिरेले चढेको ग २३ प २१३८ नम्बरको स्कुटर तनहुँका र गोरखाको सिमानामा पर्ने ड्याम नजिकै आँबुखैरेनी–४मा नदी किनारमा फेला परेपछि उहाँ नदीमा हराएको आशङ्का गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button