सडक अतिक्रमण गरी बनार्ईको संरचना तत्काल हटाऔं

व्यास नगरपालिकाले सडक अतिक्रमण गरी बनाईएका संरचना ढिलै भएपनि हटाउन थालेको छ । यस क्रममा नगरपालिकाले वडा नम्बर २ गणेशमान चोकमा सडक अतिक्रमण गरि बनाईएका संरचना हटाएको छ । वडा नम्बर २ ले त्यस क्षेत्रमा रहेको टोलविकास सस्थासँग सहकार्य गरेर हटाएको भएपनि अन्य क्षेत्रमा ध्यान पुग्न सकेको छैन ।

सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउनु उपयुक्त हुन्छ । वडा नम्बर २ लाई व्यवस्थित बनाउन वडाध्यक्ष काशीराम श्रेष्ठ लगायतको जनप्रतिनिधी सडक अतिक्रमण गरेको भू भाग हटाउने तथा सार्वजानिक जमिन अतिक्रमण गरी बनाईएका घर तथा टहरा हटाएर व्यवस्थित गरेर नगरलाई सुन्दर बनाउने काममा टेवा दिएको नगर प्रमुख न्यौपाने बताउनुहुन्छ । वडा नम्बर २ ले वडाध्यक्ष श्रेष्ठ लगायतको सक्रियतामा डाङ्ग्रे खोल्सीमा अतिक्रमण गरी बनाएको संरचना डोजर लगाएर भत्काएको थियो । सो क्षेत्रमा व्यवसाय सञ्चालन गर्नु भएको व्यवसायी यवम घर धनिहरुले घरको अगाडि मापदण्ड विपरित राख्नु भएको ओझेल छेक्ने ट्रस्ट राख्नाले नगरलाई नै अशोभनिय तथा सवारी दुर्घटना बढेकाले हटाउनु जरुरी थियो । सडकको दायाँ र बायाँ दुवै तर्फको अतिक्रमित संरचना हटाएपछि झण्डै एक लेन थपिएको छ । वडा सदस्य वाग्लेका अनुसार र वडा नम्बर २,३,४ मा रहेका बिजुलीको खाम्बामा जेलियका केवुल तथा टेलिफोनका तार हटाई नगरलाई सुन्दर बनाउने कार्य अघि बढाउनु पर्दछ । अव्यस्थित तरिकाले तारहरु राखिँद पोलमा आगलागी हुने गरेकोले त्यसबाट जोगिन,जोगाउन तार भूमिगत गर्न ढिलाई गर्नुहुँदैन । नगरपालिकाले सार्वजानिक जग्गााहरु संरक्षण गरिनु पर्दछ । समयमा नै कदम चालिएन भने अतिक्रमणको चपेटामा पर्दछन् । सार्वजानिक जमिन भएन भने विपत्तको बेला मनिस जम्मा भएर बस्नपनि नपाउने अवस्था आउँछ । २०७२ साल वैशाख १२ गते गएको विनासकारी भुकम्पको पनि याद गरौं । त्यतिबेला सार्वजानिक ठाउँको महत्व कति थियो भन्ने ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
  • All
    ==गजल==
Back to top button