दुर्घटनामा घाईते महिलाको मृत्यु

 

तनहुँ, पुस १७ । तनहुँमा भएको दुर्घटनामा स्कुटरमा सवार घाईते भएको एक महिलाको आईतबार साँझ मृत्यु भएको छ । चालक पोखरा महानगरपालिका –३३ बागमारा बस्ने वर्ष ६०की टिका देवी चापागाईको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

पुस १३ गते शुक्लागण्डकी नगरपालिका –२ हलेदी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा कोत्रेबाट दुलेगौडा जाँदै गरेको ग २ क ६२१९ नं.को टिप्परले विपरित दिशाबाट जादै गरेको ग १९ प ५६५९ नं. को स्कुटरलाई ठक्कर दिँदा उहाँ घाईते हुनु भएको उहाँले जानकारी दिनुभयो ।

दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ निवासी बर्ष ३३ की लिलादेवी नेपाली र चापागाई घाईते हुनु भएकोमा चापागाईको आईतबार मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालक अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका –१ बस्ने बर्ष ४१को तिलक श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button