तनहुँलाई विकासको नमुना जिल्ला बनाउने एमालेका उम्मेदवार खनालको भनाई

दमौली खबर संवाददाता

दमौली, चैत २३

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार सर्वेन्द्र खनालले तनहुँलाई विकासको नमुना बनाउन उम्मेदवार बनेको बताउनुु भएको छ ।

प्रेस चौतारी तनहुँ शाखाले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले सो कुरा बताउनु भयो । प्रहरी निरीक्षक देखि आईजिपी हुँदा सम्म प्रहरी संगठनमा उत्कृष्ट काम गरेको र जनप्रतिनिधी भएर पनि त्यसरी नमुना काम गर्ने बताउनुभयो । ‘देशकै नमुना विकास गरी स्वदेशमात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्ला बनाउन चाहन्छु’ भट्टराईले भन्नुभयो । प्रहरी महानिरिक्षकको रुपमा ललिता निवासकान्ड तथा आफ्नो नेतृत्वमा फुटवलमा भएको म्याच फिक्सिङ कान्ड, अबैध हुन्डी कान्ड, विद्युत चुहावटका अपराधीलाई नियन्त्रण, मानव बेचबिखनको विरुद्धमा एक्सन जस्ता कार्यले आफु अब्बल प्रमाणित भएको हुँदा अव सांसदको रुपमा पनि अब्बल हुने चाहाना रहेको खनालको भनाई थियो । प्रहरी सेवाकालमा देशको भ्रष्टाचार, गुन्डाराज, बिकृती र बिसंगतीको अन्त्यकोलागि काम गरेको र सांसद बन्ने अवसरमा आएमा त्यस्तै नमुना काम गर्ने खनालको भनाई थियो । आफुले प्रहरी सेवाकालमा तनहुँका जनताको हितमा धेरै काम गरेको पनि उनको भनाइ थियो । प्रहरीमा सेवामा रहँदा संधै जनताको सुरक्षा र हितलाई ध्यानमा राखेर काम गरेको भन्दै खनालले सरकार र द्वन्द्वरत पक्षविच शान्तिवार्ताको क्रममा शान्ति सुरक्षाको जिम्मेवारी लिएको, मधेस आन्दोलन, विप्लव समुहको शान्ति प्रक्रियामा अवतरण र पृथकताबादी आन्दोलनलाई पनि राजनीतिको मुलधारमा ल्याउनेकामको सुरक्षाको जिम्मेवारी आफ्नो नेतृत्वमा भएको बताउनुभयो ।

आफ्नो नेतृत्वमा नेपाल प्रहरी उत्कृष्ट संगठन बनेको खनालको दाबी थियो । तनहुँको विकास बाहेक आफ्नो व्यक्तिगत कुनैपनि स्वार्थ नरहेको उल्लेख गर्दै खनालले राष्ट्रिय अन्तराष्ट्रियस्तरमा पर्यटकीय हब बनाएर परिचित गराउने लक्ष्य लिएको बताउनुभयो । कार्यक्रम प्रेस चौतारी नेपाल तनहुँ शाखाका अध्यक्ष बिबि श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण शाखाकी सह–सचिव सुनिता आचार्यले गर्नुभएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button