हिमालमा हिउँ कम पर्दा मस्र्याङ्दीको जलविद्युत केन्द्रको उत्पादन घट्यो

दमौली खबर संवाददाता

तनहुँ, वैशाख १४ गते

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायू परिवर्तनले गर्दा हिमालमा हिउँ कम हुँदा गर्मी बढ्दै गएपनि मस्र्याङ्दी नदीमा पानी कम भएकाले उत्पादन घटेको हो ।

प्रशस्त हिउँ नहुँदा तापक्रम बढेपनि हिमाल कम पग्लिएकोले नदीमा पानी कम भएको केन्द्रका प्रमुख बद्री फूँयालले बताउनुभयो । ‘जलवायू परिवर्तनले हिमालमा प्रशस्त हिउँ परेको छैन, तापक्रम बढेपनि हिमालमा हिउँ कम हुँदा नदीमा पानी बढ्न सकेको छैन’’ केन्द्र प्रमुख फूयाँलले भन्नुभयो । यस वर्ष लामो समय खडेरी परेकोले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेकाले तथा कतिपय सुकेकाले उत्पादन बढ्न नसकेको केन्द्र प्रमुख फूयाँलले जानकारी दिनुभयो । हाल सुख्या मौसम भएकाले वर्षा नहुँदा मस्र्याङ्दीमा मिसिने स्रोतमा पानीको बहाव कम भएपछि उत्पादन घटेको केन्द्रले जनाएको छ ।

नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोहीअनुसार घटेको उहाँले जानकारी दिनुभयो । ‘‘साँझ र विहान विजुलीको माग धेरै हुनेभएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्मा जम्मा गरेर लैजाने साँझ विहान भने पूर्ण उत्पादन बढाउने गरिएको केन्द्र प्रमुख पूmँयालले भन्नुभयो । यति बेला सूख्या मौसम भएकोले उत्पादन कम हुने भएपनि हिमालमा प्रशस्त हिउँ परेको भए प्रतिदिन करीव १० युनिट विजुली बढी उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार विद्युतको माग साँझ ५ बजे देखि १० बजे सम्म र विहान ५ बजेदेखि १० बजे बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर करीव पूर्ण क्षमतामै उत्पादन गरिएको छ । जेठ लागेपछि हिउँ धेरै पग्लने र पानी वर्षा धेरै हुने भएकाले उत्पादन बढ्दै जान्छ । हाल पानी कम हुँदा घटेर दिउँसो ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ । विद्युतको माग धेरै भएको समयमा तीनवटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमताअनुरुपको ६९ मेगावाट विद्युत उत्पादन भैरहेको छ । सुख्खा मौसममा विद्युत उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत आयात गर्नुपर्ने वाध्यता हुन्छ । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट््दैजाँदा हिँउ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाब घढेसँगै विद्युत उत्पादन पनि घट्नेगरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button