स्वर्णिम अवसर

दमौली खबर संवाददाता

विविध अड्कलबाजीका बाबजुद तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा नयाँ पार्टी रास्वपाका डा. स्वर्णिम वाग्ले भारी मतान्तरले बाजी मारे मार्नुभयो ।

वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित हुनु भएको निकतम प्रस्तिपर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभयो । यति धेरै फरकमा मत जिते पछि सवत्र यसकै चर्चा चलेको छ । नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नु भएको छ । राप्रपाको शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मंगोल अर्गनाईजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गर्नुभयो । स्वर्णिमको मत एकातिर अन्य आठ वटा उम्मेदवारको मत जोड्दा पनि स्वर्णिमको मत धेरै आएको छ । मतलाई सम्मान गर्न आफ्नो कार्यकुशलता पर्दशन गर्न सक्नुपर्छ । तनहुँका जनताको चाहाना पुरा गर्ने राष्ट्रको अर्थतन्त्र सुधार गर्न स्वर्णिम अवसर स्वर्णिमलाई आएको छ । यस अवसरको सही सदुपयोग भएन भने जनताले रास्वपा प्रतिको भरोशा टुट्ने छ । अर्थविद भएको हुँदा उहाँले आर्थिक मन्दीमा फसेको देशको अर्थंतन्त्र सुधार गर्न योगदान दिनुपर्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button